अदालतमा दुई वर्ष भन्दा पुराना मुद्दा बाँकी छैनन् : प्रधानन्यायाधीश कार्की

शेरबहादुर राई / ओखलढुङ्गा, असार २७ गते। सर्वोच्चदेखि जिल्ला अदालतसम्म दुई वर्षभन्दा पुराना मुद्दाको फछ्यौट गर्न बाँकी नरहेको प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले बताउनुभएको छ ।

न्यायालयले ढिला गरेर न्याय दिन्छन् भन्ने आरोप लाग्ने गरेकोमा पछिल्ला वर्षमा न्याय सम्पादन तीव्र हुने गरेको प्रधानन्यायाधीश कार्कीको भनाइ छ।

जिल्ला अदालत र उच्च अदालत विराटनगर अस्थायी ईजलासको अनुगमनका लागि ओखलढुङ्गा आइपुग्नु भएका प्रधानन्यायाधीश कार्कीले यस्तो बताएउनुभएको हो।

प्रधानन्यायाधीश कार्कीको स्वागतका लागि सिद्धिचरण नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेसी व्यवस्थापन गर्ने कार्य प्रभावकारी र पारदर्शी भएको बताउनुभयो।

आफ्नो कार्यकाल छोटो समयका लागि भए पनि समग्र न्याय प्रणालीको सुधार र व्यवस्थापनमा ऐतिहासिक काम गर्ने प्रधानन्यायाधीश कार्कीले बताउनुभयो।

प्रधानन्यायधीश कार्कीसहित सर्वोच्च अदालतका प्रशासनिक टोली ओखलढुङ्गामा आएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter