परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्रीबिच भेटवार्ता

काठमाडौं, साउन १ गते । परराष्ट्रमन्त्री एनपी साउद र उहाँका भारतीय समकक्षी एस जयशङ्करबीच थाइल्यान्डको बैंककमा सोमबार भेटवार्ता भएको छ ।

थाइल्याण्डको बैंककमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुने क्रममा उहाँहरुबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उहाँहरुबीचको द्विपक्षीय वार्ता उपलब्धिमूलक भएको बताइएको छ । भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपाली समकक्षीसँग फलदायी वार्ता भएको उल्लेख गर्नुभएको छ ।

भेटवार्तापछि विदेशमन्त्री जयशङ्करले नेपालसँग आपसी हितका विषयमा निरन्तर सम्पर्कमा रहेर काम गर्न आफू तयार रहेको सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गर्नुभएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter