उच्च अदालतबाट लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट

राममणि दाहाल / हेटौँडा, साउन १ गते । उच्च अदालत पाटन, हेटौँडा इजलासले गत आर्थिक वर्ष २०७९/८० मा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ । उच्च अदालत पाटन, हेटौँडा इजलासको गत आवको लक्ष्यकाआधारमा १११.७५ प्रतिशत मुद्दा फर्छ्यौट भएको जनाएको छ ।

अदालतका सूचना अधिकारी केशव ढुङ्गानाले उच्च अदालत पाटन, हेटौँडा इजलासको गत आवको लक्ष्यको आधारमा १११.७५ प्रतिशत मुद्दा फर्छ्यौट भएको जानकारी दिनुभयो ।

उहाँले आव २०७८/७९ बाट जिम्मेवारी सरेर आएकोमध्ये ३० थान मुद्दा फर्छ्यौट हुन बाँकी रहेको भन्दै गत आवबाट चालु आव २०८०/८१ का लागि ४२९ थान मुद्दा जिम्मेवारी सरेर आएको बताउनुभयो ।

अदालतमा दुई वर्ष नाघेका मुद्दाको अवस्था शून्य र १८ महिना कटेका मुद्दा एउटा मात्र रहेको छ । हेटौँडा इजलासका अनुसार आव २०७९/८० मा जिम्मेवारी सरेर आएको ५४५ र आव २०७९/८० मा दर्ता भएका एक हजार १९६ सहित एक हजार ७४१ थान मुद्दा रहेकोमा ७५.३६ प्रतिशत अर्थात् एक हजार ३१२ वटा मुद्दा फर्छ्यौट भएको छ ।

उहाँले आव २०७८/७९ बाट जिम्मेवारी सरेर आएकोमध्ये ३० थान मुद्दा फर्छ्यौट हुन बाँकी रहेको भन्दै गत आवबाट चालु आव २०८०/८१ का लागि ४२९ थान मुद्दा जिम्मेवारी सरेर आएको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter