ल्याण्डफिल्ड साइटका स्थानीयवासी र सरकारको बैठक बिना निष्कर्ष सकियो

काठमाडौं, साउन ३ गते । ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयवासी र सहरी विकास मन्त्रालयबीचको बैठक बिना निष्कर्ष सकिएको छ । तीन दिनदेखि सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीय काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने सहरी विकासमन्त्रीको पहलमा बसेको बैठक बिना निष्कर्ष सकिएको हो ।

बैठकमा नुवाकोट ककनी गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष र स्थानीयवासी र सहरी विकासमन्त्री सीता गुरुङसहित बसेको बैठक बिना निष्कर्ष सकिएको छ । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ल्याण्डफिल्ड साइट प्रमुख रविन्द्र बोहोराले सरोकारवाला र सरकारबीच भएको छलफल बिना निष्कर्ष सकिएको बताउनुभयो।

छलफलमा काठमाडौं महानगरका प्रतिनिधिको सहभागिता नभएकाले छलफल निष्कर्षमा पुग्न नसकेको भन्दै काठमाडौं महानगरपालिकासँग छलफल गरेर निचोडमा पुग्ने बताउनुभयो । उहाँले काठमाडौं उपत्यकाको फोहोर मैला व्यवस्थापन हुँदै आएको बन्चरेडाँडामा दुई तीन दिनदेखि दुर्गन्ध फैलिएको भन्दै स्थानीयवासीले फोहोरको गाडीहरु रोकिरहेकाले स्थानीयको माग सम्बोधन गरी तत्काल फोहोर व्यवस्थापन गर्ने बताउनुभयो।

ककनी गाउँपालिका वडा नम्बर ३ वडा अध्यक्ष धनराज बजगाईंले बैठकमा कुनै निष्कर्ष निस्कन नसकेको बताउनुभयो। उहाँले आइतबार काठमाडौं महानगरपालिका लगायत १७ वटा स्थानीय तहसँग छलफल गर्ने तयारी रहेकाले उक्त बैठकपछि मात्रै फोहोरमैला व्यवस्थापन कसरी गर्ने निष्कर्षमा पुग्ने बताउनुभयो।

उहाँले तत्कालका लागि अव्यवस्थित रुपमा फालिएको फोहोरलाई तत्काल व्यवस्थापन गर्ने मन्त्रालयले प्रतिबद्धता जनाएको बताउनुभयो। उहाँले झिँगा नियन्त्रण गर्न सरकारले पहल गर्ने बताएको बताउनुभयो। उहाँले वातावरण प्रभाव मूल्याङ्कनको लागि नास्टका वैज्ञानिक डा.भोजराज पन्तको अध्यक्षतामा बिहीबारदेखि फिल्डमा जाने सहमति भएको बताउनुभयो । उहाँले अव्यस्थित रुपमा फालिएको फोहोर व्यवस्थापन नगरेसम्म काठमाडौं उपत्यकाको फोहोर ल्याण्डफिल्ड साइटमा जान नदिने बताउनुभयो।

उहाँले सरकारसँग फोहोर व्यवस्थापनको लागि सधैँ लडाइँ गर्ने भन्दा पनि अब एक पटक सम्बोधन गर्ने भनेको काम गर्ने समय दिने बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter