साइबर सुरक्षामा गम्भीर भएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, साउन ५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साइबर सुरक्षामा गम्भीर भएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

शुक्रबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरोकारवाला मन्त्रालय र चार वटै सुरक्षा निकायका प्रमुखहरुसहितको बैठक बोलाइ सो सम्बन्धमा गम्भीर भएर काम गर्न निर्देशन दिनु भएको हो ।

साइबर सुरक्षाका कारण राष्ट्रिय सुरक्षामा समेत चुनौति निम्तिन सक्ने भएकाले सरोकारवाल निकायले यसलाई गम्भीर भएर प्राथमिकतासाथ काम गर्नुपर्ने कुरामा प्रधानमन्त्री प्रचण्डले निर्देशित गर्नु भएको राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड समक्ष सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाली सेना र नेपाल प्रहरीले साइबर सुरक्षाबारे नेपालमा भइरहेको काम कारबाहीबारे बिफ्रिङ गरेका थिए ।

‘‘यो साइबर सुरक्षाका सम्बन्धमा हामीले अहिले के गरिराखेका छौं, कहाँनिर चुनौति छ ? ती चुनौतिहरुलाई सम्बोधन गर्न के गर्नु पर्छ ? भन्ने विषयमा तीन वटा प्रस्तुतीहरु थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाली सेना र नेपाल प्रहरीको यसबारे प्रस्तुति थियो । त्यसमा अहिलेसम्म भएका काम, कारबाहीहरुको समिक्षा भयो । अहिलेको चुनौतिहरुको बारेमा पनि त्यहाँ छलफल भयो ।,’’ राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीले भन्नुभयो, ‘‘र, आगामी दिनमा के गरेर जाने भन्ने विषयमा त्यहाँ सम्माननीय प्रधानमन्त्रीबाट निर्देशन भएको छ । हामी त्यो निर्देशन बमोजिम नेपालको साइबर स्पेशलाई बलियो बनाउन कानुनी, नीतिगत, संस्थागत के प्रबन्ध गर्नुपर्ने हो ? त्यसको वर्क आउट गरेर छिट्टै एउटा कार्ययोजना अगाडि बढाउँछौं । प्रधानमन्त्रीजीले यो विषय गम्भीर भएर सबै निकायहरुले काम गर्नुस् । यो साइबर सेक्युरिटी महत्त्वपूर्ण विषय हो । राष्ट्रिय सुरक्षामा यसले कुनै पनि चुनौति निम्त्याउन सक्ने भएको हुनाले यसलाई प्राथमिकताका साथ हेर्नुपर्छ भन्ने छ प्रधानमन्त्रीज्यूको ।’’

बैठकमा साइबर सुरक्षाको क्षेत्रलाई बलियो बनाउने गरी कानुनी, नीतिगत र संस्थागत प्रबन्ध गर्न एउटा छुट्टै कार्ययोजना बनाएर लागू गर्ने निर्णय पनि गरिएको थियो । बैठकमा प्रधानमन्त्री प्रचण्ड, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सरोकारवाला मन्त्रालयका मन्त्री र साइबर सुरक्षाको क्षेत्रमा कार्यरत सुरक्षा निकायका प्रमुख तथा विभागका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter