प्रस्तावित ६ राजदुतको नाम सर्वसम्मतले अनुमोदन

काठमाडौं, साउन १८ गते । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित ६ जना राजदुतको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।

समिति ज्येष्ठ सदस्य सभापति ज्ञानेन्द्रबहादुर कार्कीले सरकारबाट सिफारिस भएर आएका राजदुतहरुको नाम समितिको बिहीवार बसेको बैठकले सर्वसम्मत अनुमोदन गरेको बताउनु भएको हो ।

संयुक्त राष्ट्रसंघ नेपालको स्थायी नियोगको स्थायी प्रतिनिधिमा लोकबहादुर थापा, स्विजरल्याण्डका लागि आवासीय राजदुतमा रामप्रसाद सुवेदी, फ्रान्सका लागि आवासीय राजदुतमा सुधिर भट्टराई, कुवेतका लागि आवासीय राजदुतमा घनश्याम लम्साल, संयुक्त अरव इमिरेट्सका लागि आवासीय राजदुतमा तेजबहादुर क्षेत्री र थाइल्याण्डका लागि आवासीय राजदुतमा धनबहादुर ओलीको नाम अनुमोदन भएको हो ।

सभापति कार्कीले प्रस्तावितहरुको सम्बन्धमा पाँचवटा उजुरी प्राप्त भएको र तीमध्ये तीनवटा सैद्धान्तिक प्रकृतिका र दुईवटा उजुरी व्यक्ति केन्द्रित रहेको बताउनु भयो ।

कार्कीले भन्नुभयो, ‘‘नेपाल सरकार मन्त्रिपरिषद्को २०८० असार २६ को निर्णय अनुसार विभिन्न मुुलुकमा राजदुुत तथा स्थायी प्रतिनिधिको नियुक्तिका लागि देहाय बमोजिमका व्यक्तिको नाम प्रस्ताव गरी संसदीय सुनुवाइ समितिको निमित्त यस समितिसमक्ष मिति २०८० साउन १ मा परराष्ट्र मन्त्रालयबाट प्राप्त हुन आएको थियो । प्रस्तावित नामहरु समितिमा प्राप्त भएपश्चात संसदीय सुनुवाइ समितिको मिति २०८० साउन ३ मा बसेको बैठकले संघीय संसदको संयुक्त बैठक र संयुक्त बैठक कार्य ससञ्चालन नियमावली २०८० को नियम २६ तथा संसदीय सुनुवाइ समितिको कार्र्यविधि २०८० को दफा १३ बमोजिम प्रस्तावित पदमा नियुक्तिका लागि सिफारिस व्यक्तिहरुको बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली समितिमा सूचना वा उजुरी दिने सूचना प्रकाशित गरेको छ ।

उल्लिखित पदमा प्रस्तावित व्यक्तिहरुको सम्बन्धमा जम्मा पाँचवटा उजुरी प्राप्त हुन आएका जसमा तीनवटा उजुरी सैद्धान्तिक प्रकृतिका रहेका र दुईवटा उजुरी व्यक्ति केन्द्रित रहेका थिए । प्राप्त उजुरीमाथि विस्तृत छलफल गरेको थियो । समितिले प्रस्तावित राजदुतहरुको नियुक्तिका लागि संघीय संसद्को संयुक्त बैठक र संयुक्त बैठक कार्य ससञ्चालन नियमावली बमोजिम अनुमोदन गरेको छ ।’’

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter