मिटरब्याज पीडितलाई निवेदन दिन आयोगको आह्वान
अर्जुन काफ्ले / स्याङ्जा, साउन १९ गते । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले मिटरब्याज पीडितलाई निवेदन दिन आह्वान गरेको छ । मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग, २०७९ बमोजिम पीडित व्यक्तिले निवेदन दिने व्यवस्था गरिएको हो ।
प्रशासकीय अधिकृत शोभाखर पोखरेलले जारी गरेको सूचनामा अहिलेसम्म अनुचित लेनदेनको बारेमा निवेदन दिने बारेमा पीडितले थाहा नपाएर निवेदन दिन छुटेको भए सबुत प्रमाणसहित जिल्ला प्रशासनमा निवेदन दिन भनिएको छ ।
प्रशासनले अहिलेसम्म कति जना पीडितले निवेदन दिएका छन् भन्ने विषय भने सूचनामा खुलाइएको छैन । मिटरब्याज लगाउने व्यक्तिलाई कडा कारबाही गर्नुपर्ने माग नागरिक स्तरबाट चर्को दबाब दिएपछि सरकारले कानुन निर्माण गरेको छ ।
यस्तै, जिल्ला प्रशासनमा आठ जना मिटरब्याज पीडितले निवेदन दिएको बताइएको छ ।