ढाकाको कपडाले बजार पाएन

रुकुम पश्चिम, साउन २५ गते । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–८ का महिला महिला यतिबेला सामूहिकरुपमा ढाकाका कपडा बन्न व्यस्त छन् । महिलाले आफ्नो आयआर्जन बढाउने हेतुले ढाकाका कपडा बुन्न थालेका हुन् ।

एघार जनाको समूहले ढाकाको विभिन्न कपडा बुनिरहेका छन् । उनीहरुले बुनेका ढाकाको कपडाले भने बजार पाउन सकेको छैन । तीन महिनासम्म बुनेको ढाकाको कपडाले बजार पाउन नसकेको उनीहरुको गुनासो छ । हालसम्म उक्त समूहले रु. एक लाखसम्मको कपडा बुनिसकेको छ ।

ढाकाको सल, साडी, ब्लाउज, गलबन्दी, बर्कीलगायतका सामग्री उत्पादन भएको छ । “हामीले तीन महिनादेखि ढाकाको कपडा उत्पादन गरिरहेका छौँ, अहिलेसम्म कपडा किन्न कोही आएका छैनन्”, गङ्गा थापाले भन्नुभयो ।

ढाकाको कपडा बिक्री हुने आशमा महिलाहरु छन् । “बिक्री हुने आशमा कपडा बुन्न छोडेका छैनाैं, यहाँबाट बिक्री नभएपछि बजारसम्म भए पनि कपडा पुर्याउने योजना हाम्रो छ”, थापाले भन्नुभयो । विगत चार वर्षदेखि अल्लो र ढाका कपडा बुन्दै आएका महिलाले यो वर्ष भने तालिम नै लिएर विभिन्न प्रकारका कपडा बुन्न सिकेका छन् ।

महिलाको आर्यआर्जन बढाउनलाई नै तालिम सञ्चालन गरेर कपडा बुन्ने तालिम दिइएको हो । महिलाले तालिम पनि लिए । सीप पनि सिके । तर उत्पादन गरेको सामानले भने बजार नपाउँदा उनीहरु निराश भएका छन् । आफैँ बजारको खोजीमा जाने योजना रहेको उनीहरु सुनाउँछन् ।

विगतका वर्षहरुमा थोरै उत्पादन गर्ने र अल्लोको कपडा धेरै बुन्ने भएकाले पनि बजार धान्न नसेका महिलाले यो वर्ष भने ढाकाको कपडा भने बेच्न पाएका छैनन् । खलङ्गा बजारबाट धागो लिएर ढाकाको कपडा बुन्ने गरिएको छ । विगतका वर्षहरुमा भने ढाको कपडाभन्दा अल्लोको कपडा धेरै उत्पादन हुने गर्थ्याे । अल्लोको भने बजारको समस्या नभएको थापाको भनाइ छ ।

महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपाल, मुसिकोट नगरपालिका र गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) को संयुक्त आयोजनामा ढाका बुनाइ तालिम सञ्चालन गरिएको थियो । तीन महिनासम्म सञ्चालन भएको तालिममा सहभागी ११ महिलाले ढाकाको सल, साडी, ब्लाउज, गलबन्दी, बर्कीलगायतका सामग्री उत्पादन गर्न सिकेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter