‘तिलगंगा आइसिटी सेन्टर: तिलगंगाको सेवा देशभर विस्तार हुने

काठमाडौं, भदौ ९ गते । तिलगंगाल आँखा अस्पतालले सार्वजनिक निजी साझेदारी (पीपीपी)मोडलमा पहिलो पटक आफ्नो आफ्नो सेवा विस्तार गरेको छ । तिलगंगाल आँखा अस्पतालले एबी आईकेयरसँगको सहकार्यमा ‘तिलगंगा सिटी आइ सेन्टर’ संचालनमा ल्याएको हो ।

तिलगंगाले आफ्नो सेवालाई विकेन्द्रीकरण गर्दै देशभर विस्तार गर्ने उद्देश्य अनुरुप नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं पर्यटन समितिका सभापति देशबन्धु बस्नेत (अजित)को लगानी रहेको एबी होल्डिङ्स अन्तरगतको एबी आईकेयरसँगको सहकार्यमा पीपीपी मोडलमा तिलगंगा सिटी आई सेन्टर संचालमा ल्याएको हो ।

पहिलो पटक काठमाडौंको चुच्चेपाटीमा रहेको दम्पा कम्प्लेक्समा तिलगंगा सिटी आई केयर संचालनमा ल्याएको हो । उक्त सेन्टरको तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुइत र प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले संयुक्त रुपमा गर्नुभएको हो ।

आँखाका बिरामीलाई सरल र सहज रुपमा सेवा दिने उद्देश्यले पीपीपी मोडलमा तिलगंगालाई देशभर विस्तार गर्न लागिएको तिलगंगाल आँखा अस्पतालका कार्यकारी निर्देशक प्राडा सन्दुक रुईतले बताउनुभयो ।

सेन्टरले आँखा सम्बन्धी विभिन्न जटिलताको निदान र उपचारको लागि आवश्यक सेवा प्रदान गर्दछ । उक्त सेन्टरबाट आँखा सम्बन्धी उन्नत निदान उपकरणका साथै दक्ष जनशक्तिद्वारा आँखाको जाँच गराउँनुका साथै नियमित आँखा परीक्षणदेखि जटिल शल्यक्रियासम्मका सेवा दिनेछ ।

कार्यक्रममा प्रा.डा. रुइतले संस्थाको मूल दर्शन भनेकै बिरामीलाई केन्द्रबिन्दुमा राखेर उपचार दिनुरहेको भन्दै प्रत्येक सेवाग्राहीलाई उचित आँखा स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ थप नयाँ प्रविधि र पद्धतिको परिकल्पना गरिएको बताउनुभयो ।

पीपीपी मोडलमा उक्त आईसेन्टरको स्थापनासँगै स्वाथ्य क्षेत्रमा निजी क्षेत्रको भूमिका बढ्दै जाने र त्यसले अबका दिनमा बिरामीलाई सहज रुपमा सेवा प्रदान गर्नै सकिन तिलगंगाल सिटी आईसेन्टरका प्रबन्ध निर्देशन देशबन्धु बस्नेतले बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter