विदेशमा सिकेको सीप, अनुभव र पुँजी नेपालको विकासमा लगाउन अर्थमन्त्रीको आग्रह

क्यानाडा, भदौ १० गते। अर्थमन्त्री डा. प्रकाश शरण महतले क्यानाडाको भ्यानकुभरस्थित नेपाली समुदायलाई विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पुँजीलाई नेपालको विकासमा लगाउन आग्रह गर्नुभएको छ।

क्यानाडाको भ्यानकुभरमा रहनुभएका नेपाली समुदायसँग छलफल तथा अन्तर्क्रिया गर्नेक्रममा अर्थमन्त्री महतले यस्तो आग्रह गर्नुभएको हो। अहिले नेपालमा लगानीमैत्री वातावरण निर्माण हुँदै गएको तथा ऊर्जा, पर्यटन, सूचना प्रविधि एवं कृषि उद्यम लगायतका क्षेत्र लगानीको लागि आकर्षक रहेको मन्त्री महतले बताउनुभयो।

यसैगरी नेपालमा विशेषज्ञ जनशक्तिको अभाव पुरा गर्न नेपाली डायसपोरालाई मद्दत गर्न मन्त्री महतले आग्रह गर्नुभयो। उहाँले नेपाली समुदायले उच्च शिक्षाका लागि क्यानाडा आउने विद्यार्थी पर्याप्त सूचना बिना आउने गरेको र विभिन्न समस्यामा परेको जानकारी गराउनुभएको थियो।

अर्थमन्त्री डा. महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औं विश्व सम्मेलनमा भाग लिन २० अगष्ट २०२३ मा क्यानाडा आउनुभएको थियो। उहाँ भोलि साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter