एमाले लुम्बिनी प्रदेश अधिवेशन बुटवलमा सुरु

बुटवल, भदौ १६ गते । नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशन बुटवलमा सुरु भएको छ । अधिवेशनको पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहबीच केहीबेर अघि उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याल, सचिव गोकर्णराज विष्ट, पार्टीका अन्य नेताहरूको सहभागिता रहेको छ ।

उदघाटनसत्रलाई सम्बोधन गर्दै उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शङ्कर पोखरेलले लुम्बिनीको समग्र विकासका लागि पार्टी एकताबद्ध रहेको बताउनुभयो । एमालेभित्र कुनै गुट नभएको दाबी गर्नुहुँदै लुम्बिनीको दिगो विकासमा पार्टी एक ढिक्का रहेको उहाँहरूको भनाइ छ ।

सोहीअनुसार उपमहासचिव प्रदीपकुमार ज्ञवालीले प्रमुख प्रतिपक्षी दल एमालेमाथि चौतर्फी प्रहार जारी रहेकाले सबै नेता कार्यकर्ता गम्भीर भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । एमालेको शक्तिलाई कमजोर बनाउन देशी विदेशी शक्तिहरू लागेकाले सबै नेता कार्यकर्ता हर प्रहर सिपाही भएर पार्टी संरक्षण र विस्तारमा लाग्न उहाँले आग्रह गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter