सदस्य सचिव घिसिङ चीन प्रस्थान

काठमाडौं, असोज ३ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ बुधबार चीन प्रस्थान गर्नुभएको छ ।

चीनको हाङझाव सहरमा असोज ६ देखि २१ गतेसम्म आयोजना हुने १९औं एसियाली खेलकुद (एसियाड) मा नेपाली टोलीको ‘सेभ दि मिसन’ को रुपमा सहभागीता जनाउन सदस्य सचिव घिसिङ चीन प्रस्थान गर्नुभएको हो ।

सदस्य सचिव घिसिङलाई यसअघि नै नेपाली टोलीको नेतृत्वको रुपमा एसियाड ‘सेभ दि मिसन’ को जिम्मेवारी दिईएको थियो । सदस्य सचिव घिसिङलाई राखेपका निमित्त सदस्य सचिव प्रकाशकुमार कुसारी र प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्लले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभयो ।

यस्तै हाङझाव एसियाडमा सहभागी हुन बुधबार नै नेपालको टेबलटेनिस, फेन्सिङ र सुटिङ टोली चीन प्रस्थान गरेको छ । हाङझाव एसियाडको औपचारिक सुरुवात असोज ६ गते हुँदैछ । एसियाडमा नेपालले २९ खेलमा सहभागिता जनाउँदैछ । नेपालबाट २ सय ५३ खेलाडीले सहभागिता रहने छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter