प्रधानमन्त्री प्रचण्ड शनिबार चीन भ्रमणमा जाँदै

काठमाडौं, असोज ४ गते । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको राजधानी न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार जनवादी गणतन्त्र चीन पुग्दै हुनुहुन्छ ।

प्रधानमन्त्री प्रचण्ड जनवादी गणतन्त्र चीनको राज्य परिषद्का प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जानु लाग्नु भएको हो ।

परराष्ट्र मन्त्रालयले औपचारिकरूपमा प्रधानमन्त्रीको चीन भ्रमण तालिका सार्वजनिक गरिसकेको छ । तालिका अनुसार प्रधानमन्त्री प्रचण्डले असोज ६ देखि १३ (सेप्टेम्बर २३ देखि ३०) सम्म चीनको औपचारिक गर्नुहुने छ ।

प्रधानमन्त्रीसँग उहाँकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलगायत वरिष्ठ सरकारी अधिकारीका साथै व्यवसायी समुदायका प्रतिनिधिको सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीले हाङ्जाओमा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिन फिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

उहाँले आफ्ना समकक्षी प्रधानमन्त्री ली छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै बेइजिङमा नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्नुहुने छ ।

उहाँले सीसीआईटी र एफएनसीसीआई र बेइजिङस्थित नेपाली दूतावासले संयुक्तरुपमा आयोजना गरेको चीन–नेपाल लगानी सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्ड सेप्टेम्बर २३ मा हाङ्जाओमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ ।

प्रधानमन्त्री प्रचण्डले चीनको कृषि तथा औद्योगिक विकासको अवलोकन गर्न चोङकिङ नगरपालिकाको भ्रमण गर्ने कार्यक्रम छ । उहाँले नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको पनि भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

नेपाल र चीन असल मित्र, निकट छिमेकी र विश्वसनीय साझेदार हुन । यो भ्रमणले हाम्रो सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउनुका साथै आपसी हितका विभिन्न क्षेत्रमा सहयोगका क्षेत्रलाई विस्तार गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter