तोरीको तेल गाउँमै खपत

गोकर्ण पौडेल / तुलसीपुर, असोज ८ गते । तुलसीपुर उपमहानगरपालिका वडा २ मा रहेको दर्पण कृषि सहकारी संस्थाले गाउँमै उत्पादन भएको तोरीलाई गाउँमै खपत गर्न सुरु गरेको छ । सहकारी संस्थाले तेल उत्पादनका लागि मिल र तेल प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत तोरीजोन कार्यक्रम अन्तर्गत तेल प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको छ । परियोजनाको ५० प्रतिशत र सहकारी संस्थाको १९ लाख ६६ हजार आठ सय २६ रुपियाँको लागतमा तेल उत्पादन मिल सञ्चालनमा ल्याइएको हो ।

तोरीजोन अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाको १ र २ नम्बर वडामा कार्यक्रम लागु भएको छ । परियोजना दाङका प्रमुख महेश रेग्मीले तोरी बाली विशिष्टीकृत बालीका रुपमा भएकाले तोरी संकलन गरेर तेल उत्पादन गर्दा सहकारी संस्थाले उपभोक्तालाई सहुलियत मूल्यमा तेल बिक्री गर्न सक्ने बताउनुभयो ।

तेल उद्योगलाई ठूलो उद्योगका रुपमा विकास गर्न नेपाल सरकारबाट उत्पादित तेलको गुणस्तर कायम गरेर बिक्री गर्न आग्रह गर्नुभयो । सहकारी संस्थाका उपाध्यक्ष शालिकराम सुनारले किसानबाट उत्पादन भएको तोरी संकलन गरेर उपभोक्तालाई शुद्ध तोरीको तेल सहुलियतमा बिक्री गरिने बताउनुभयो ।

तोरीको तेल बजारमूल्य तीनसय पचास रहेको र सहकारीबाट उत्पादन भएको तेल प्रतिलिटर ३०० मा बिक्री उपाध्यक्ष सुनारले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले विगतमा दाङको तोरी निकै लोकप्रिय रहेकाले सहकारी संस्थाले गुणस्तरीयता कायम राख्दै बिक्री गर्नका लागि आग्रह गर्नुभयो । उहाँले सहकारी संस्थाले उत्पादन गरेको तोरीको तेलको बजारीकरण र गुणस्तर कायम गर्नका लागि प्राविधिक र कानुनी सहयोग गर्ने बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter