जनतालाई अधिकार दिने विषयमा कन्जुस्याइँ गर्नुहुन्न : राष्ट्रपति पौडेल

धर्बेन्द्र झा / धनुषा, असोज ८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारले जनतालाई अधिकार दिने विषयमा कुनै कन्जुस्याइ गर्न नहुने बताउनुभएको छ । जनकपुरधाम उपमहानगरपालिकाले सोमबार राष्ट्रपति पौडेललाई गरेको अभिनन्दन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

संविधानले नै संघीयता, गणतन्त्र र लोकतन्त्रलाई कार्यान्वयनमा ल्याउन भनेकाले संघीयताको मर्मअनुसार प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन सरकारलाई उहाँले निर्देशन समेत दिनुभयो ।

राष्ट्रपति पौडेलले राष्ट्रिय एकता र रुपान्तरणमा मधेसको सबल भूमिका रहदैआएको चर्चा गर्नुहुँदै नेपालको राष्ट्रिय एकताको चुरो नै मधेशमा रहेको बताउनुभयो ।

नेपालको समथर फाँट रहेको अन्नभण्डार मधेस प्रदेशको समग्र विकास, उन्नति, सम्मान र राजकीय सत्तामा समाहित हुने समान अवसरले मात्रै नेपालको समग्र समृद्धि र राष्ट्रि एकता सुदृढ हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले राष्ट्रपति पौडेललाई ध्यानाकर्षण गराउँदै संघीयताको पूर्ण कार्यान्वयन गर्न आग्रह गर्नुभयो । प्रदेश सरकारले चाहेर पनि जनअपेक्षाअनुसार काम गर्न नपाइरहेको अवस्थामा संघीयतालाई बलियो बनाउने वातावरण बनाउन उहाँले आग्रह गर्नुभयो ।

उहाँले सिंचाइँको सुप्रबन्ध गरेर कृषिको आधुनिकीकरणमार्फत कृषि क्रान्ति गर्ने हो भने मधेसले खाद्यान्न आपूर्तिमा सिङ्गो नेपाललाई एकैसाथ काँध हाल्न सक्छ भन्नेमा आफूलाई विश्वास रहेको उहाँले बताउनुभयो । राष्ट्रपति पौडेलले अभाव र समस्यामा राष्ट्रियताको जगेर्ना हुन नसक्ने बताउनुभयो ।

जनकपुरधामका नगरप्रमुख मनोज साहको अध्यक्षतामा भएको कार्यक्रममा सहरी विकास मन्त्री सिता गुरुङ्ग, प्रथम महिला सविता पौडेल, मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री यादव, पुर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, प्रतिनिधिसभाका सदस्य जुलीकुमारी महतोसहित प्रदेशका सभामुख, उपसभामुख, प्रतिनिधिसभाका सदस्यहरु, प्रदेशका मन्त्री र प्रदेससभा सदस्यहरु र स्थानीय पालिकाका प्रमुखहरुको कार्यक्रममा सहभागिता थियो ।

सोअघि राष्ट्रपति पौडेलले महेन्द्रनारायण निधि मिथिला सँस्कृति केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको थियो । राष्ट्रपति पौडेलले आज विश्वका हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरधामको जानकी मन्दिरमा बिहान विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण गर्नुभयो ।

जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले उहाँलाई वैदिक परम्पराअनुसार पुजा अर्चना गराउनुभएको थियो । राष्ट्रपति पौडेलले जानकी माताको पुजा गरेपश्चात मन्दिरको परिक्रमा गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलसहितका टोलीलाई मन्दिर परिसरमा महन्थ दासले फुलमालासहित खादा लगाएर सम्मान समेत गर्नुभएको थियो । आधा घण्टाका लागि मन्दिरमा सर्वसधारणको प्रवेशमा रोक लगाइएको थियो भने नगर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter