रक्सौल–काठमाडौँ रेलमार्ग पाँच वर्षमा तयार हुने

काठमाडौँ , असोज १६ गते । भारतले रक्सौल–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन अनुसार पाँच वर्षभित्र रेल मार्ग तयार गरी नेपाललाई बुझाइसक्ने लक्ष्य राखेको छ । नेपालको तर्फबाट सबै प्रक्रिया पूरा भएमा सन् २०२४ देखि पहिलो चरणको काम सुरु गर्ने बताइएको छ ।

भारतको कोंकण रेल्वे कम्पनीले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन अनुसार भारतले चार हजार करोड भारतीय रुपैयाँमा पाँच वर्षभित्र सो रेल मार्ग तयार गरेर नेपाललाई सुम्पिने छ ।

नेपालस्थित भारतीय दूतावासका एक अधिकारीका अनुसार रक्सौलदेखि काठमाडौँसम्म रेलवे लाइनको दुरी १७०.९६ किलोमिटर छ । त्यसमा रक्सौलदेखि शिखरपुरसम्म सिङ्गल लाइन हुन्छ भने शिखरपुरदेखि काठमाडौँसम्म डबल लाइन हुने बताइएको छ ।

विस्तृत परियोजना अनुसार ९०.०६५ किलोमिटर सिङ्गल लाइन र ४६.७२५ किलोमिटर डबल लाइन रहनेछ । शिखरपुरदेखि काठमाडौँसम्मको डबल लाइनको दुरीमा ३१ ठाउँमा सुरुङ निर्माण गर्ने प्रस्ताव गरिएको ती अधिकारीले बताए । त्यो सुरुङ मार्ग ४०.८६५ किलोमिटर हुन्छ ।

विस्तृत परियोजना (डीपीआर) का अनुसार रक्सौलदेखि काठमाडौँसम्म विभिन्न १८ वटा ठुला पुल निर्माण गर्नुपर्ने हुन्छ भने १०१ स्थानमा मध्यम र १२२ स्थानमा साना साना पुल निर्माण गर्नुपर्ने हुन्छ । पूरै रेलमार्गमा दुई ‘ओभरहेड’ र १७ ठाउँमा अण्डरपास बाटो बनाउनुपर्ने प्रस्ताव गरिएको छ ।

यो रेल मार्गमा १२ वटा रेल्वे स्टेशन हुने परियोजनामा उल्लेख छ । प्रस्तावित परियोजना अनुसार यो रेलमार्गमा यात्रुवाहक रेल प्रतिघण्टा १२० किलोमिटरको गतिले चल्नेछ भने मालबाहक रेल प्रतिघण्टा ८० किलोमिटरको रफ्तारमा चल्नेछ ।

यो रेल मार्ग निर्माणको सम्पूर्ण खर्च भारतले ब्यहोर्ने यसअघि नै सहमति भइसकेको हो । विस्तृत परियोजना तयार गर्दा पनि त्यसको सम्पूर्ण खर्च भारतले नै व्यहोरेको छ ।

सन् २०१८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएको बेला यो रेलमार्गको बारेमा सम्झौता भएको थियो भने पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएको बेला भारतले विस्तृत परियोजना सुम्पिएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter