राष्ट्र संघका महासचिव गुटेरसको नेपाल भ्रमण स्थगित

काठमाडौं, असोज २३ गते । काठमाडौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसको तीन दिने नेपाल भ्रमण स्थगित भएको छ । महासचिव गुटेरस नेपालको तीन दिने भ्रमणका लागि २६ गते काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको थियो ।

इजरायल र प्यालेस्टिन समूह हमासबीचको युद्धका कारण उनले नेपाल भ्रमण स्थगित गरेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । प्रवक्ता लम्सालले भनिन्, ‘महासचिवको नेपाल भ्रमण हालका लागि स्थगित भएको हो । इजरायल र प्यालेस्टिन समूह हमासबीचको युद्धका कारण भ्रमण स्थगित भएको छ । भ्रमण छिट्टै हुन्छ । हामीले त्यसको तयारी गरिरहेका छौँ ।’

नेपाल भ्रमणका क्रममा उनको लुम्बिनी र पोखरा जाने कार्यक्रम तय भएको थियो । यस्तै शनिबार संयुक्त राष्ट्रसंघका महासचिवले संसद्को संयुक्त सभालाई सम्बोधन गर्ने तयारी पनि गरिएको थियो ।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महासचिव गुटेरसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter