प्रदेश संरचना खारेज गरौँ, दुई तहको सरकार बनाऔँ : कमल थापा

काठमाडौँ , असोज २७ गते ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रदेश संरचना खारेज गर्नुपर्ने बताएका छन् । संघीयता अन्तरगत प्रदेश संरचना मुलुकका लागि घाँडो भएकाले त्यसलाई खारेज गर्नुपर्ने उनको तर्क थियो ।

पार्टीद्वारा शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले वैदेशिक ऋणको भरमा कहिलेसम्म प्रदेश संरचनालाई कायम राख्ने ? भनी प्रश्न समेत गरे ।उनले भने, ‘यो बिचको प्रदेश संरचना आवश्यक छैन । यसलाई खारेज गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यो प्रदेश संरचना अहिले नेपाललाई घाँडो भएको छ । नेपाली अर्थतन्त्रले धान्न नसक्ने अवस्था छ । कहिलेसम्म विदेशीका ऋण ल्याएर यो प्रदेशको संरचनालाई कायम गर्ने ? नेपाल जस्तो सानो देशमा किन सयभन्दा बढी मन्त्रीहरू चाहिन्छ भन्नु त ? अहिले हरेक प्रदेशमा १०/१२ जना मन्त्रीहरू छन् । किन झन्डै सय जना मन्त्रीहरू चाहियो ? हाम्रो जस्तो सानो देशमा ५/७ सयको सङ्ख्यामा किन सांसदहरू चाहियो भन्नुस् ? चाहिँदैन । त्यसकारण अर्बौँ रुपैयाँ खर्च गरेर ती सांसद र मन्त्रीहरूलाई पालेर राख्नुपर्ने जरुरी छैन । त्यसर्थ, दुई तहको सरकार बनाऔँ भन्ने हाम्रो धारणा हो ।’

अध्यक्ष थापाले सनातन धर्मको संरक्षण गर्ने र वर्तमान भ्रष्ट व्यवस्था सुधारका लागि आफ्नो पार्टीले आन्दोलनको घोषणा गरेको जिकिर समेत गरे । ‘म फेरि पनि यो आमसभाको माध्यमबाट काँग्रेस, एमाले र माओवादीका नेताहरूलाई भन्न चाहन्छु–हामीले कुनै अतिवादी कुरा गरेका छैनौँ । कुनै प्रतिगामी कुरा गरेका छैनौँ । हामीले सबै नेपाली अटाउने व्यवस्था बनाऔँ भनेको हो । के त्यो अपराध हो ? सनातन धर्म, संस्कृतिको संरक्षण गरौँ भन्नु अपराध हो ? तसर्थ, वर्तमान भ्रष्ट व्यवस्थामा सुधारका निमित्त तयार हुन म सबै राजनीतिक दलका नेताहरूलाई आग्रह गर्न चाहन्छु । तर तपाईँहरू अब चुप लागेर बस्नुभयो भने अब नेपाली जनता चुप लागेर बस्दैन,’ थापाले भने ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter