खादा–माला बापत उठेको ६ लाख २६ हजार रुपैयाँ मन्त्री किरातीले विद्यालयलाई बुझाए

भोजपुर,कार्तिक ०३ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले खादा–माला बापद उठेको रकम स्थानीय विद्यालयलाई हस्तान्तरण गरेका छन् । आफू मन्त्री बनेसँगै मन्त्री किरातीले खादा माला नलगाउने बरु सो बापतको रकम दानपेटीकामा हाल्न मन्त्रालयमा नै व्यवस्था मिलाएका थिए ।

सोही दानपेटीकामा जम्मा भएको ६ लाख २६ हजार रुपैयाँ शुक्रबार आफ्नो निर्वाचन क्षेत्र समेत रहेको भोजपुरको अम्चोक गाउँपालिका ९ स्थित सरस्वती माविलाई हस्तान्तरण गरेका हुन् ।

आफू मन्त्री भएको दुई दिन अघि पोखराको सेती खोचमा यती एयरको जहाज दुर्घटनामा परी ७२ जनाको मृत्यु भएका कारण शोक मनाएका मन्त्री किरातीले खादा माला बापत शुभेच्छुकहरुले चन्दा बाकसमा जम्मा गरेका रकम विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

१३ गतेसम्म जिल्ला भ्रमणमा रहेका मन्त्री किरातीले यसपटकको दसैँ चौरीपालक र भेडा पालक कृषकहरूसँग मैयुङ डाँडामा मनाउने उनको सचिवालयले जनाएको छ । आफू जिल्ला भ्रमणमा रहँदा स्कर्टिङ तथा स्वागत गेट समेत नबनाउन मन्त्री किरातीले जिल्ला प्रशासनलाई निर्देशन दिएका छन् ।

यस्तै यस पटकबाट कुनै पनि औपचारिक कार्यक्रमहरूमा समेत मञ्चमा न बस्ने र आफू प्रमुख अतिथि हुने कार्यक्रममा आफूलाई नभएर ज्येष्ठ नागरिकलाई प्रमुख अतिथि बनाउन उनले आग्रह गरेका छन् । कार्यक्रमहरूमा अतिथिसमेत दर्शक दीर्घामा नै राख्न उनले निर्देशन दिएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter