मदरसामा कक्षाकोठा निर्माण गर्न पूर्व मन्त्री श्रेष्ठद्वारा आर्थिक सहयोग

File photo

बारा, कार्तिक ०४ गते । पूर्वमन्त्री तथा बारा निर्वाचन क्षेत्र नं ४ का संघीय सांसद किसान श्रेष्ठले मदरसा विद्यालयको कक्षाकोठा निर्माणका लागि सहयोग स्वरूप एक महिनाको तलब प्रदान गरेका छन् । मुस्लिम समुदायका बालबालिकाहरूले अध्ययन गर्दै आएको जितपुर सिमरा उपमहानगर वडा नम्बर २० मा स्थित मदरसा भवन जीर्ण भएको भन्दै स्थानीयहरूले गुनासो गरेपछि संघीय सांसद श्रेष्ठले सहयोग स्वरूप आफ्नो एक महिनाको तलब प्रदान गर्ने घोषणा गरेका हुन् ।

सरकारले संघीय सांसदहरूलाई सुविधा बाहेक मासिक तलब ५० हजार प्रदान गर्ने गर्दछ । उपमहानगरको वडा नं २० मा आज आयोजित दसैँको शुभकामना आदानप्रदान कार्यक्रममा स्थानीयहरूले गाउँमा बाटोघाटो, शिक्षा, स्वास्थ्य समयमै उपचारमा नपाएको भन्दै संघीय सांसद श्रेष्ठसँग गुनासो गरेका थिए ।

ग्रामीण भेगमा रहेको वडा नं २० मा मुस्लिम समुदायको बाहुल्य रहेको वडा हो । सो वडामा सञ्चालनमा रहेको मदरसा विद्यालयमा कक्षा ५ सम्म अध्यापन हुने हुन्छ । विद्यालय भवन अत्यन्तै जीर्ण हुँदा बर्खामा पानी चुहिने, गर्मी महिनामा कक्षाकोठामा विद्यार्थीहरू बस्नै नसक्ने समस्या हुने गर्दछ ।

श्रेष्ठसँगको भेटमा स्थानीयहरूले सामुदायिक विद्यालयहरुमा पढाई लेखाइमा शिक्षकहरूले लापरबाही गरेको स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मी नभेटिने, समयमै उपचार नपाउने, बाटोघाटो खाल्टाखुल्टीका कारण आवतजावतमा धेरै समस्या भएको गुनासो व्यक्त गरेका थिए ।

स्थानीयहरू गुनासो पछि श्रेष्ठले तत्कालै जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेललाई फोन गरेर उपमहानगरको एक्स्काभेटर र ग्रेडरको प्रयोग गरेर मर्मत सम्भारको काम गरेका थिए ।

‘दसैँको शुभकामना आदानप्रदान गर्ने जनताका समस्या÷गुनासाहरू सुनौँ भन्ने ढङ्गले आयोजना गरिएको कार्यक्रममा उहाँहरूको समस्या सुन्नासाथ मैले तत्कालै काम अगाडी बढाएको हुँ’ संघीय सांसद श्रेष्ठले भने ‘स्थलगत अनुगमनको क्रममा मदरसा विद्यार्थीहरूको कक्षाकोठाको अभाव रहेको पाएर सहयोग गरेको हुँ ।’

त्यस्तै दुईवटा कक्षाकोठा निर्माणका लागि चाहिने जस्तापाता, पाइपलगायतका अन्य सामग्री एकीकृत समाजवादीका युवा नेता सन्तोष कुशवाहले दिने प्रतिबद्धता जनाएका छन् । उक्त कक्षाकोठाको निर्माण कार्य केही दिनभित्रै सुरु गरिने श्रेष्ठले बताए ।

पूर्व मन्त्री श्रेष्ठले यसअघि पनि साना किसान कृषि सहकारी संस्था लि. सिमरा, बह्रमकुमारी राजयोगको सिमरा, जीतपुरमा व्यवसायीहरूको पसलमा आगलागीको भएको घटनामा आफ्नो सुविधा स्वरूप नेपाल सरकारबाट पाएको तलब प्रदान गरेका थिए ।

गत वर्ष बारा निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भएलगत्तै श्रेष्ठले नेपाल सरकारबाट प्राप्त हुने तलब सुविधा नलिने र सामाजिक क्षेत्रमा सहयोग गर्ने घोषणा गरेका थिए । उनले गरेको सो घोषणा बारा निर्वाचन क्षेत्र नं ४ का विभिन्न क्षेत्रमा आर्थिक सहयोग गरेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter