देशको अर्थतन्त्र सकारात्मक बाटोमा छ : अर्थमन्त्री महत

काठमाडौं, कात्तिक १६ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले सो कुरा बताउनुभएको हो ।

अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेकाले अब धेरै चिन्ता गर्नुपर्ने अवस्था नरहने उहाँले बताउनुभयो । अर्थतन्त्र धरासायी भयो भन्ने प्रचार सही नभएको उहाँको भनाइ छ । उहाँले अब ब्याजदर घट्ने पनि बताउनुभयो । त्यस्तै, जग्गाको कारोबार बढिरहेको, पर्यटक र रेमिट्यान्स पनि बढिरहेको बताउनुभयो । उहाँले मानिसमा आत्मविश्वासको कमी भएका कारण खर्च गर्न हिच्किचाइरहेको परिस्थितिमा अब सो परिस्थितिको अन्त्य भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘धरायसी केही पनि छैन । तपाईहरु पटक–पटक धरायसी, धरायसी भन्नुहुन्छ । अहिले अर्थतन्त्रले बिस्तारै पिकअप लिइरहेको छ । अब ब्याजदर पनि घट्छ । जग्गाको कारोबार बढिरहेको छ । देश विदेशको पर्यटक बढिराखेका छन् । रेमिट्यान्स् बढिराखेको छ ।’

नेगेटिभ कुराहरु बजारमा गएको हुनाले आत्मविश्वासको कमी भएको डा. महतले बताउनुभयो । ‘आत्मविश्वास कमी भएको अवस्थामा खर्च गर्नेले पनि नगर्ने, लगानी गर्न पनि हिच्किचाउने परिस्थिति थियो । अब त्यो परिस्थिति बिस्तारै अन्त्य भइराखेको छ’ अर्थमन्त्री महतले भन्नुभयो, “अर्थतन्त्र सकारात्मक बाटोमा जाँदैछ । त्यसको म तथ्यांकसहित केही दिनमा प्रस्तुत पनि गर्छु । पत्रकार सम्मेलन गरेर प्रस्तुत गर्छु । हामी बजेटको कार्यान्वयनमा पनि सक्रियतापूर्वक लाग्छौँ ।’

अर्थमन्त्री महतले नेपालमा लगानी गर्न विदेशी दाताहरु र मित्रराष्ट्रको चाख बढिरहेको बताउनुभयो । त्यस्तै वैदेशिक सहयोगको परिस्थिति पनि सकारात्मक भएको उहाँको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter