प्रधानाध्यापक पदका लागि महानगरद्वारा दरखास्त आव्हान

काठमाडौं, कात्तिक १७ गते । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदका लागि दरखास्त आव्हान गरेको छ ।

महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) को दफा २९ क. बमोजिम पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गरिने भएकले दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुक्ति सम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आव्हान गरिएको छ ।

कक्षा एकदेखि पाँचसम्मको आधारभूत तहमा ६ जना, कक्षा एकदेखि आठसम्मको आधारभूत तहका लागि २१ जना र माध्यामिक तहका लागि ४४ जना प्रधानाध्यापक माग गरिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुतीकरणको आधारमा प्रधानाध्यापक छनोट गरिने छ ।

महानगरले प्रधानाध्यापक रिक्त रहेको ७१ वटा सामुदायिक विद्यालयको विवरण पनि यसै सूचनासँग सार्वजनिक गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter