तिहार फ्लोरा एक्सपोमा ६० लाख भन्दा बढीको कारोबार

काठमाडौँ, कात्तिक १८ । भृकुटीमण्डपमा पाँच दिनसम्म सञ्चालन भएको, तिहार लक्षित फलफूल, नर्सरी तथा जडीबुटीहरूको प्रदर्शनी मेला ‘तिहार फ्लोरा एक्सपो २०८०’ शनिवार सम्पन्न भएको छ । पाँचदिने तिहार फ्लोरा एक्सपोमा ६० लाख बढीको फलफूल तथा बिरुवाको कारोबार भएको आयोजक नर्सरी व्यवसायी सङ्घले जनाएको छ । कात्तिक १४ गतेबाट सुरु भएको मेलाको ३० हजार बढीले अवलोकन गरेको नर्सरी व्यवसायी सङ्घका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताए ।

६२ वटा स्टलमा विभिन्न जातका फलफूल बिरुवा तथा नर्सरीहरू प्रदर्शनका लागि राखिएको थियो । मेलामा फलफूल ,नर्सरी ,जडीबुटी, मल खाद, बिउ बिजन, औजार गमला लगायत बिरुवाको संरक्षणको लागि चाहिने आवश्यक सामाग्रीहरूको स्टल राखिएको थियो । तिहार फ्लोरा एक्सपोमा राखिएका स्टलहरूबाट ५० हजार देखि १० लाख बढी सम्म व्यवसायीहरूले फलफूल ,बिरुवा तथा औजारहरूको व्यापार गरेको बताइएको छ । तिहार लक्षित गोदावरी र सयपत्रीको माग अत्यधिक भएकोले स्टलनै खाली हुनेगरी बिक्री भएको व्यवसायीले बताए ।

नर्सरी व्यवसायी संघले ब्यवसायीहरुको हक हकहितको लागि र ग्राहकको सुविधाको लागि भनेर पहिलो पटक गरेको तिहार फ्लोरा एक्सपो सफल भएको बताएको छ । व्यवसायीहरूले उत्पादन गरेको फलफूल बिरुवाको बजार प्रबद्र्धन गर्न र उपझोक्ताको माग पुरा गर्न यस्ता मेलाहरूको आयोजना गरिरहने एक्सपोका संयोजक रबिन कुमार गौतमले बताए ।

यसैबीच फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) को मुख्य आयोजनामा जाउलाखेलमा १४ गते देखि प्रदर्शन भइरहेको १६ औँ गोदावरी पुष्प मेला एक दिनका लागि थप गरिएको छ । जाजरकोटमा आएको भूकम्पबाट पिडित भएकालाई सहयोग गर्ने उद्देश्यले आइतबार एकदिन थप गरिएको फ्यानले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter