अमर्यादित सामग्री हटाउने व्यवस्था मिलाउन सरकार र टिकटकका प्रतिनीधीबीच छलफल

काठमाडौँ , कात्तिक १९ । सामाजिक संजालको दुरुपयोग रोक्नेबारे सरकारका नियकायहरुले टिकटकका अन्तर्राष्ट्रिय प्रतिनीधीहरुसँग छलफल गरेका छन् । कार्तिक २७ मा गृह मन्त्रालयमा टिकटकको कार्यालय सिंगापुरका प्रतिनीधिहरुसँग छलफल गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) नारायण प्रसाद भट्टराईले रातोपाटीलाई बताए ।

टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री हट्ने व्यवस्था मिलाउनेबारे टिकटकका प्रतिनिधीहरुसँग सहकार्य गर्नेबारे छलफल भएको सहसचिव भट्टराईले जानकारी दिए । छलफलमा गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सुरक्षा निकायका अधिकारीहरु सहभागी थिए । टिकटकको दुरुपयोगबारे अनुसन्धान गर्ने निकाय साइबर ब्यूरोका अधिकृतहरु पनि छलफलमा सहभागी रहेको बताइएको छ ।

सो छलफलबाट टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्धेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, धार्मिक तथा सामाजिक सद्भाव बिगार्ने सामग्री हटाउन छलफलबाट सहयोग पुग्ने मन्त्रालयले जनाएको छ । गैरकानूनी सामग्री टिकटकमा पोष्ट नगर्न र कानूनी कारबाहीबाट बच्न गृह मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter