रंगोलीले सजिए घर, गरियो लक्ष्मीपूजा; उपत्यकामा रातभर देउसी–भैलो खेल्न दिने निर्णय

काठमाडौँ, कात्तिक २६ गते । तिहारको मुख्य दिन लक्ष्मीपूजा आज हिन्दू नेपालीहरुले धनकी देवी लक्ष्मीको पूजा गरेका छन् । शहरी क्षेत्रमा लक्ष्मीपूजा धुमधामले मनाइन्छ ।

अझ त्यसमा पनि उद्योगी तथा व्यापारीहरुले यसको विशेष पूजा गर्छन् । लक्ष्मीपूजाअघि हिन्दू नेपालीहरुले आफ्नो घर तथा पसल सरसफाइ गर्छन्, माला र फूलले सजाउँछन् । विभिन्न रंगहरु मिलाएर रंगोली बनाउँछन् । रंगोलीदेखि घरको मूलकोठा वा पूजा कोठासम्म बाटो बनाउँछन् ।

साँझमा धुमधामले लक्ष्मीको पूजा गर्छन् । मिठाइ र फलफूलको प्रसाद बाँड्छन् । हरेक वर्ष तिहारमा कुकुर तिहारको साँझमा वा गाईतिहारको साँझमा लक्ष्मीपूजा गरिन्छ ।

यसवर्ष भने कुकुर तिहारको दिनको साँझमा लक्ष्मीपूजा परेको छ । लक्ष्मीपूजाको दिन घर उज्यालो पार्ने चलन छ । हुनत हिजोआज तिहार अवधिभर नै झिलिमिली बत्तीले घर सजाउने चलन चलिसकेको छ ।


उपत्यकामा रातभर देउसी–भैलो खेल्न दिने निर्णय

काठमाडौँ उपत्यका रातभर देउसी र भैलो खेल्न दिने निर्णय गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार तिहारको अवसरमा देउसी र भैलो खेल्न समय सिमा नतोकिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।

प्रजिअ बस्नेतका अनुसार भक्तपुर र ललितपुरमाा पनि रातभर देउसी र भैलो खेल्न दिने निर्णय भएको छ । उनले भने,‘काठमाडौँ उपत्यकामा एकै प्रकारको निर्णय गर्नेबारे हाम्रो छलफल भएको छ ।’

इच्छुकहरुलाई आफ्नो अनुकूलतामा मर्यादित भएर देउसी र भैलो खेल्न स्थानीय प्रशासनले आग्रह गरेको छ । देउसी र भैलोमा आवश्यक सुरक्षा व्यवस्था मिलाएको प्रजिअ बस्नेतले बताए । उनले भने,‘आवश्यक सुरक्षा व्यवस्था हामीले मिलाएका छौँ ।’

काठमाडौँ उपत्यकामा पटका र आतसबाजी पड्काउन चाहिँ निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना निकालेर भुईँचम्पा, पटका र आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने विस्फोटक एवम् प्रज्वलनशील पदार्थको प्रयोग र बिक्री वितरण नगर्न आग्रह गरेको छ ।

दीपावली गर्दा आगलागी हुने जोखिम हुनाले सचेतता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । त्यस्तै जुवातास र लङ्गुरबुर्जा खेल्न र खेलाउन कडाइ गरिएको प्रजिअ बस्नेतले जानकारी दिए ।

‘तिहारमा नागरिकका लागि सुरक्षा व्यवस्था मजबुत बनाएका छौँ’

तिहारमा नागरिकको सुरक्षाको लागि सुरक्षा व्यवस्था मजबुत बनाएको काठमाडौँ प्रहरीले बताएको छ ।

दसैँमा बनाएको सुरक्षा योजनालाई निरन्तरता दिने र जहाँ सुरक्षा जोखिम, चोरी लुटपाट जस्ता घटनाहरु हुन्छन् त्यस्ता ठाउँहरुलाई मध्येनजर गरेर विशेष सुरक्षा प्रबन्ध मिलाएको काठमाडौँ प्रहरीले जनाएको हो ।

आइतबार काठमाडौँ प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले तिहारमा सुरक्षित,व्यवस्थित र मर्यादित ढङ्गले देउसी भैलो खेली तिहार मनाउन आग्रह गरे । उनले जथाभाबी पटाका पड्काउँदा आगलागी हुने जस्ता घटना हुनसक्ने भन्दै त्यस्तो नगर्न पर्ने आग्रह गरे । उनले लक्ष्मी पूजाका दिन बहुमूल्य गरगहना प्रदर्शन नगर्न समेत अनुरोध गरे । उनले सुरक्षा प्रबन्ध गर्ने प्रहरीको मात्रै जिम्मेवारी नभएर आम नागरिकको पनि भएको भन्दै प्रहरी २४ घण्टा नागरिकको सुरक्षाको लागि खटिरहेको बताए ।

एसएसपी खत्रीले सुरक्षा प्रबन्ध मजबुत बनाउन कुनै कसर बाँकी नराखेको बताए । उनले काठमाडौँमा आफ्नो संस्कृति अनुसार खेल्ने देउसी भैलो खेल्नको लागि कुनै सीमित समय नतोकिएको बताए । उनले प्रहरी र सुरक्षा समितिले काठमाडौँमा २४ घण्टा सौहार्दपूर्ण वातावरणमा देउसी भैलो खेल्न खुला गरेको भन्दै कसैले समय तोकी अवरोध गरे प्रहरीलाई खबर गर्न आग्रह गरे । उनले प्रहरी २४ घण्टा सुरक्षा दिन तयार रहेको बताए ।

महानगरका प्रमुख बालेन्द्र साहले १ बजेसम्म देउसी भैलो खेल्न सुरक्षा व्यवस्था गरिएको भन्ने भनाइप्रति लक्षित गर्दै काठमाडौं प्रहरी प्रमुख खत्रीले राती १ बजेसम्म देउसी भैलो खेल्न सुरक्षा प्रबन्ध महानगरपालिकाले गरेको भने पनि कानूनको शासन हुने देशमा कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरी भएको बताए । उनले नागरिकहरुले कुनै उश्रृंखल क्रियाकलाप नगरी सौहार्दपूर्ण रुपमा खेल्न आवश्यक रहेको बताए ।

एसएसपी खत्रीले विशेष सुरक्षा योजना बनाएर रातिसम्म दैसीभैलो खेल्दा भिडभाड हुने र झगडा हुनसक्ने क्षेत्रमा प्रहरीहरुको बढी नै परिचालन गरिने बताए । उनले भीडभाड र आर्थिक गतिविध हुनु क्षेत्रमा ड्रोनको प्रयोग गरेर कुनै घटना वा दुर्घटना नहुने गरी सुरक्षा व्यवस्था मिलाएको बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter