उद्योगमन्त्री समक्ष ‘स्टार्टअप नेसन-२०३०’ सम्बन्धी योजना पेश

काठमाडौं, कात्तिक २७ गते । नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एन्ड इन्नोभेसन प्रतिनिधि मण्डलले उद्योग मन्त्रीलाई स्टार्टअप नेसन २०३० लाई सफल पार्न कार्ययोजन पेश गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र सचिव मुकुन्दप्रसाद निरौलालाई भेटेर महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठको नेतृत्वमा गएको महासंघ स्टार्टअप एण्ड इन्नोभेसन प्रतिनिधि मण्डलले स्टार्टअप नेसन-२०३० लाई सफल पार्नका लागि फोरमले अघि सारेको रणनीतिक योजनाहरु पेश गरेको हो ।

महासंघ स्टार्टअप तथा इन्नोभसन फोरमका सभापति जुन माथेमाको संयोजकत्वको प्रतिनिधि मण्डलले देशको ठूलो हिस्सा ओगटेको युवा र नव युवा उद्यमीहरुका नवीनतम सोचहरुको महत्व र प्रभावलाई बुझेर स्टार्टअप नीति, स्टार्टअप धितो कोष सञ्चालन कार्यविधि-२०८०, आदिको कार्यान्वयन गर्ने प्रक्रियालाई तीव्रता दिनुपर्नेमा जोड दिइएको थियो ।

भेटमा मन्त्री रिजालले सरकोकारलाई ग्रहण गर्नका साथै यसलाई पूरा गर्न मिलेर काम गर्ने प्रतिबद्ध व्यक्त गरे ।

मन्त्री रिजालले देशको समग्र आर्थिक, सामाजिक र दिगो विकासमा स्टार्टअप तथा नवप्रवर्तनको एकदमै महत्वपूर्ण भूमिका रहेकाले सहकार्यलाई व्यवस्थित गर्ने र संयुक्त प्रयासलाई अगाडि बढाउने बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter