सुदूरपश्चिम प्रदेश माछामा ७५ प्रतिशत आत्मनिर्भर, तर सरकारी लगानी शून्य

लखन चौधरी / धनगढी । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा व्यावसायिक माछा पालन फस्टाउँदै गएको छ । यहाँका प्राकृतिक तालतलैयादेखि कृत्रिम पोखरीमा माछा पालन व्यवसाय बढेको हो ।

तर माछा पालन व्यवसायमा सरकारी लगानी नहुँदा र बजारीकरणमा समस्या हुँदा माछा पालक किसान भने निराश देखिएका छन् ।

यसैबिच सुदूरपश्चिममा मंगलबार (नोभेम्बर २१) विभिन्न कार्यक्रम गरी विश्व मत्स्य दिवस मनाइएको छ । माछापालक कृषक, दाना आपूर्तिकर्ता, सरकारी निकायले दिवस मनाएका हुन् ।

सुदूरपश्चिममा माछाको अवस्था

सरकारी तथ्याङ्क अनुसार सुदूरपश्चिममा वार्षिक १० हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ । मत्स्य विकास केन्द्र गेटा कैलालीका प्रमुख सूर्य शाहीले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्ला माछा उत्पादनको प्रमुख जिल्ला रहेको बताउँदै सुदूरपश्चिममा उत्पादित माछाले यहाँको ७५ प्रतिशतमात्रै माग धानिरहेको जानकारी दिए । बाँकी २५ प्रतिशत माछा भारत तथा अन्य प्रदेशबाट आयात भइरहेको हो ।

सुदूरपश्चिममा माछाको खपत पनि निकै कम रहेको बताइएको छ । एक व्यक्तिले वार्षिक सरदर साढे २ किलो माछामात्रै उपभोग गर्ने गरेको बताइएको छ ।

उत्पादनमा बृद्धिसँगै आउँदो १० वर्षमा प्रतिव्यक्ति १० केजी माछा उपभोग गराउने लक्ष्य रहेको शाही बताउँछन् । हालको उत्पादनलाई ४ गुणा बढाउनुपर्ने बताउँदै शाहीले जसका लागि हालको शून्यमा रहेको सरकारी लगानी बढाउनुपर्ने औँल्याए ।

आउँदो १० वर्षभित्र ३० हजार मेटिक टन उत्पादन पु¥याउनुपर्ने उनको जोड छ ।

यहाँका माछा पालक कृषकले विभिन्न समस्या झेल्दै आएका छन् । समयमा गुणस्तरीय माछाको भुरा, दाना, औषधिसमेत नपाउने समस्या रहेको बताइएको छ । जसोतसो माछा उत्पादन भए पनि बजारीकरणमा निकै समस्या झेल्नु परेको शाहीको भनाइ छ । योसँगै माछा प्रशोधन, नयाँ परिकार बनाउने तथा माछा खाद्य प्रविधिको समेत अभाव रहेको विज्ञहरु बताउँछन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter