सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रबलीकरण गरेपछि नयाँ कार्यकक्षमा सरे प्रधानमन्त्री

काठमाडौं, मंसिर ०६ गते । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पश्चिमतर्फ भागको कार्यकक्षमा प्रधानमन्त्री दाहाल बुधबार सरेका हुन्।

नयाँ कार्यकक्षमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले भने, ‘यहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मात्रै सारिएको होइन, कामको प्रकृति र गुणस्तर पनि अब नयाँ ढंगले अघि बढ्ने सङ्कल्प छ।’

२०७२ वैशाख १२ मा भूकम्प जानुअघिसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय यही ठाउँमा थियो।

भूकम्पबाट प्रधानमन्त्री कार्यालयमा क्षति पुगेपछि प्रबलीकरण गरिएको हो। एक सय २० वर्ष पुरानो यो भवनलाई मुल संरचना जस्ताको त्यस्तै राखेर प्रबलीकरण गरिएको थियो।

‘अहिले भइरहेको ठाउँमा बस्दा गुम्म परेको, त्यति फ्रेस नहुने जस्तो लाग्थ्यो, यो ठाउँमा आउँदा अलिकति सबैतिर देखिने, निस्किएर हेर्न पाइने, स्पेस पनि ठूलो कारणले अलि बढी दिमाग फुर्छ भन्ने महसुस गरेको छु,’ प्रधानमन्त्री दाहालले भने।

४२ करोड रुपैयाँ खर्चेर संरचना प्रबलीकरण गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ।

सहरी विकास मन्त्री सीता गुरुङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रबलीकरण गर्ने काम लगभग पूरा भएको जानकारी दिइन्।

पहिलो चरणको आयोजनाको ठेक्काअनुसार ४२ करोड रुपैयाँ हाराहारीमा प्रबलीकरण गर्ने काम सम्पन्न भएको उनको भनाइ छ।

‘०७२ को भूकम्पले क्षति पुगेको संरचनाको प्रबलीकरण गर्ने काम लगभग पूरा भएको छ। बाँकी इन्टेरियरको संरचना बनाउनु पर्नेछ, त्यसका लागि अर्को आयोजनाका लागि ठेक्का अघि बढाएकाले अलि सम्पन्न भएको होइन कि भन्ने देखिन्छ, ४२ करोड हाराहारीको रकममा प्रबलीकरण गर्ने भन्ने कुरा भएको छ,’ उनले भनिन्।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter