ठूला सरकारी अस्पतालमा चिकित्सा शिक्षा पढाउने स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौं, मंसिर ०६ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्नको लागि एक सय देखि ३ सय बेडका सरकारी अस्पतालमा पारामेडिक्स र नर्सिङ विषय पढाउन चिकित्सा शिक्षा आयोगलाई प्रस्ताव लगेको छ ।

स्वास्थ्यमन्त्री मोहन बस्नेतले बुधबार स्वास्थ मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै देशमा स्वास्थ्यकर्मीको अभाव पुर्ती गर्नको लागि मन्त्रालयले मन्त्रिस्तरिय निर्णय गरेर यस्तो प्रस्ताव लगेको बताए । त्यस्तै, उनले ३ सय बेड माथिका अस्पताललाई पारामेडिक्स र नर्स सहित एमबीबीएस पढाउन समेत प्रस्ताव लगेको बताए ।

उनले यो प्रस्ताव चिकित्सा शिक्षा आयोग र मन्त्रिपरिषदमा छलफल भइसकेको र त्यहाँबाट सकारात्मक जवाफ आएको बताए । चिकित्सा शिक्षा ऐनमा भएको त्रुटि सच्याउन सरकारले यस्तो निर्णय गरेको उनको भनाइ छ । ‘चिकित्सा शिक्षामा यो क्रान्तिकारी निर्णय हो, यो निर्णयसँगै अब देशमा स्वास्थ्यका विषय पढ्न समस्या हुनेछैन’ उनले भने ।

मन्त्री बस्नेतले मन्त्रालयको प्रस्ताव कार्यन्वयन भए विदेश पढ्न जाने अवस्था अन्त्य हुने बताए । ‘नेपालबाट मेडिकल पढ्न बर्सेनि अर्बौ रकम विदेसिन्छ यो निर्णय कार्यन्वयन भएमा मेडिकल पढ्न जाने अवस्था अन्त्य हुन्छ’ मन्त्री बस्नेतले भने ।

मन्त्रालयले यो निर्णय कार्यन्वयन गराउन सक्ने सरकारी अस्पतालाई आफ्नो पुर्वाधार र जनशक्ति अवस्थाको बारेमा जानकारी गराउन पत्राचार गरेको छ ।

अहिलेसम्म यो प्रस्ताव स्वीकृत भएमा कहाँ कति र कुन विषय पढाउन सकिन्छ भन्ने तथ्यांक भने जुटाइसकेको छैन । ‘छिट्टै नै कहाँ कति र कुन विषय पढाउन सकिन्छ भन्ने तथ्यांक तयार हुन्छ’ मन्त्री बस्नेतले भने ।

यस्तै मन्त्री बस्नेत चिकित्सा शिक्षा ऐनले यसमा बाधा पार्ने अवस्थामा ऐन संशोधनको तयारी समेत भइरहेको उनले संकेत गरे । यस विषयमा प्रधानमन्त्री, शिक्षामन्त्री र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष राखेर छलफल भइसकेको छ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter