बाँझो जमिनमा बृहत् कृषि कार्यक्रम

बाबुराम शर्मा / दोलखा, मङ्सिर २० गते । दोलखाको भीमेश्वर नगरपालिका–८ बोचमा युबी एग्रो प्राइजर काठमाडौँले बृहत् कृषि कार्यक्रम गर्न लागेको छ ।

गत वर्ष परीक्षणको रूपमा गरिएको बृहत् कृषि कार्यक्रम सफल भएपछि यो वर्षबाट बाँझो रहेका जग्गा सदुपयोग गर्दै यसलाई व्यावसायिक रूपमा गरिन लागिएको उत्पादनतर्फ हेर्ने अगुवा कृषक नारायण बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार दिनपरदिन बाँझो बन्दै गएका उर्वर भूमिलाई सदुपयोग गरी बोचलाई हराभरा तथा आम्दानीयोग्य बनाउने उद्देश्य कार्यक्रमको रहेको छ । साढे तीन करोड रुपियाँको लगानीमा एक हजार २० रोपनीमा गरिएको कृषि फस्टाएपछि यो वर्ष कार्यक्रम उदघाटन गरी विकास विस्तार गर्न लागिएको पनि हो ।

कार्यक्रमलाई १५ जनाले जग्गा उपलब्ध गराएका छन् । उहाँले भन्नुभयो, १० वटा हाई टेक नर्सरीमा विभिन्न जातका १३ लाख बिरुवा तयार भएका छन् । कुखुरा तथा गाई पालन गरिएको छ । कृषिका विभिन्न औजार पनि व्यवस्था गरिएको छ । किवी, लसुन,प्याज, रायोको साग समेत उत्पादन भइसेको छ । कार्यक्रममा १० जना कृषक खटेका छन् ।

दुई हजार रोपनीमा विकास विस्तारका क्रममा ५० वटा हाई टेक नर्सरी स्थापना हुनेछन् । सात हजार कुखुरा तथा सय वटा गाई पालन गरिनेछ । उहाँले भन्नुभयो, कृषि प्राविधिकबाट निरन्तर अनुगमन एवं अनुसन्धान गरिनेछ । यसका लागि थप रकम उपलब्ध हुने आश्वासन पाएका छौँ ।

गाउँको तल्लो भागमा बाँदर आतङक पनि रहेको छ । सुरुमा बाँदरले नखाने जातका खेती गरिनेछ । जग्गा बाँझो बन्दा रुखले बाँदरलाई बस्न सजिलो भएकाले रुखहरू काटी सफा बनाइने उद्देश्य राखिएको छ । ससाना गह्रालाई ठूला पाटा बनाई आकर्षक पनि बनाइने उहाँले स्पष्ट पार्नु भयो ।

यस कार्यक्रमले आफ्नो गाउँ आफैँ बनाऔँ भन्ने नारालाई सफल बनाउन सहयोग गर्नेछ । प्रशस्त उत्पादन भई बजारको समेत उचित व्यवस्था भएपछि कृषकह यसप्रति आकर्षित हुँदै युवा विदेश पलायन हुने अवस्थालाई समेत नियन्त्रण गर्ने कार्यक्रमले अपेक्षा राखेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter