सिंचाइँ सुविधाले कृषकलाई राहत

मीना कंडेल / कावासोती, मङसिर २२ गते । नवलपुरको कावासोती –३ मा डिप ट्युबवेल सिंचाइँ सञ्चालनमा आएसँगै कृषकलाई राहत मिलेको छ । सिंचाइँका लागि आकाशे पानीको भर पर्नुपर्ने यस क्षेत्रका कृषक अहिले सिंचाइँ सुविधा पुगेपछि खुसी भएका हुन् ।

गाउँमा डिप ट्युबवेल सिंचाइँ सञ्चालन भएपछि अहिले भने थप सहयोग पुगेको कृषकको भनाइ छ । कावासोती –३ का कृषक पार्वती श्रेष्ठले खेतबारीमा सिंचाइँ हुँदा खुसी लागेको बताउनुभयो । लामो समयसम्म पानी अभावका कारण खेतबारी बाँझो रहेको थियो । उहाँले भन्नुभयो, “खेतबारीमा पानी ल्याउन केरुङ्गे खोलाबाट हरेक वर्ष बाँध बनाएर पानी ल्याउने गरिन्थ्यो । अहिले डिप बोरिङमार्फत सिंचाइँ सेवा सुरुवात भएपछि हामीलाई सहज भएको छ ।”

नदी सिंचाइँ प्रणालीले नछोएका संधै आकाशे पानीको भर पर्नुपर्ने कावासोती –३ मा बोरिङ निर्माण भएपछि बर्खायाममा धान रोपाइँ र हिउँदयाममा फलफूल र हिउँदे खेतीमा सिंचाइँ गर्न सुविधा पुगेको छ । मौषमअनुसारको खेती लगाउन पाउँदा जमिन हराभरा भएको अर्का कृषक जंगबहादुर विकले बताउनुभयो ।

उक्त डिप ट्युबवेल सिंचाइँबाट यहाँका १८१ घरधुरी प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । डिप बोरिङ सञ्चालन भएपछि कावासोती क्षेत्रका कृषि विकासमा सकारात्मक परिणाम आउने विश्वास गरिएको छ । यो डिप बोरिङबाट ४० बिघा जमीन सिञ्चित गरिनेछ ।

नदीको सिंचाइँ नपुगेका उर्वर जग्गामा डिप बोरिङ निर्माण भएपछि कृषिको उत्पादकत्व बढाउनमा मद्दत पुग्ने कावासोती –३ का शालिकराम कोइरालाले बताउनुभयो । डिप बोरिङ निर्माणको कार्य सम्पन्न भएर किसानका खेतबारीमा सिंचाइँका सुविधा विस्तार भइसकेको छ ।

भूमिगत जलस्रोत तथा सिँचाइ कार्यालय भैरहवा लुम्बिनी प्रदेशको आर्थिक तथा प्राविधिक सहयोगमा पुरानो कावासोती डिप ट्युबवेल सिंचाइँ समितिद्वारा डिप बोरिङ निर्माण गरिएको हो । यसका लागि कुल लागत ८६ लाख ५८ हजार २०३ रुपियाँ ९९ पैसा रहेको बताइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter