वैदेशिक रोजगारीमा जानेका लागि आप्रवासी स्रोत केन्द्र

बिन्दु थापा / पाल्पा, पुष ५ गते । आफ्नो जीविकोपार्जनका लागि देश छाडी वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या पाल्पामा बढ्न थालेपछि त्यहाँको समस्या र चुनौती सहजकीरण गर्न तानसेन नगरपालिकाले पहरेदारको भूमिका थालेको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पामा आप्रवासी स्रोत केन्द्र (सहायक कक्ष) को समुद्घाटन गरी त्यसमा थप निगरानी बढाउने तयारी गरिएको छ । वैदेशिक रोजगारीमा जानेसँग जति सूचना र जानकारी हुनुपर्ने हो त्यो नभएकाले विभिन्न समस्या आएको बुझाइ छ । रोजगारीका लागि विदेश जाने युवालाई सही जानकारी गराउने लक्ष्य केन्द्रको छ ।

स्रोत केन्द्र आफैँ समस्याको समाधान गरिदिने निकाय नभए पनि सम्बन्धित निकायसम्म पहुँच बनाइदिने काम र पहुँच बनेपछि सेवा प्राप्त गर्न केन्द्रले सहयोग गर्ने तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।

तानसेन नगरपालिका उपप्रमुख प्रतीक्षा सिञ्जालीले समस्याबाट केही भए पनि राहत दिलाउन केन्द्रले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । तानसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले भन्नुभयो, “वैदेशिक रोजगारीमा जान राहदानी बनाउन सहज होस् भनेर जिल्ला प्रशासनमा नै केन्द्र स्थापना गरिएको छ ।”

सहायक कक्षलाई सर्वसाधारणको घरसम्म पहुँच पुगाउने काम गर्ने विश्वास उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशका टुकराज पाण्डेले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले नागरिकलाई सहज सेवा प्रदान गर्न केन्द्र स्थापना गरिएको बताउनुभयो । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख टङ्कनाथ खनाल, तानसेन नगरपालिकाका वरिष्ठ अधिकृत भरत आचार्यलगायतले बोल्नुभएको थियो ।

केन्द्रलाई सामी र हेल्भेटास संस्थाले प्राविधिक सहयोग उपलब्ध गराउने जनाएको छ । सामीका प्रदेश कार्यालय व्यवस्थापक पञ्चराम चौधरीले सामी कार्यक्रम नेपाल सरकार र स्विस सरकारको दुई पक्षीय सम्झौताअनुसार सञ्चालन भएको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter