धनगढीको सडकमा साइकल लेन सञ्चालन

अविनाश चौधरी / धनगढी, पुस २१ गते । कैलालीको धनगढीस्थित ६ लेन सडकमा साइकल लेन सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिकाले पहिलो चरण अन्तर्गत भन्सारदेखि धनगढी विमानस्थलसम्म साइकल लेन बनाएको हो ।

आज एक कार्यक्रमकाबिच धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले हरियो झन्डा देखाएर साइकल लेनको उद्घाटन गर्नुभयो । धनगढी उपमहानगरपालिकाले ६ लेन सडकमा ४४ लाख ९१ हजार रुपियाँ खर्चेर साइकल लेन बनाएको हो ।

कैलाली भन्सारदेखि विमानस्थल गेटसम्म ७.१४ किलोमिटर दायाँ र त्यत्ति नै दूरीमा बायाँ गरी ६ लेनको दुवैतिर साइकल लेन बनाएको छ । उद्घाटनपछि नगर प्रमुख गोपाल हमालसहित साइकल यात्रीले साइकल लेनमा साइकलसमेत चलाएका थिए । सो क्रममा हमालले सबै साइकल यात्रीलाई साइकल लेनमा मात्र साइकल चलाउन आग्रह गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter