मंसिरसम्म भित्रियो ६ खर्ब १३ अर्ब रुपैयाँ रेमिटेन्स, विदेशी मुद्राको सञ्चिति बढेको बढ्यै; मंसिर महिनामा महँगी ४.९५ प्रतिशत

काठमाडौं, पुस २६ गते । चालु आर्थिक वर्षको मंसिर महिनासम्म ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। पोहोरभन्दा २७.६ प्रतिशतले रेमिटेन्स आय बढेको हो।

नेपाल राष्ट्र बैंकले बिहीबार चालु बर्षको पहिलो पाँच महिना अर्थात मंसिरसम्मको तथ्यांक सार्वजनिक गर्दै अमेरिकी डलरमा पनि साढे २४ प्रतिशतले रेमिटेन्स बढेको छ। कुल ४ अर्ब ६२ करोड डलर रेमिटेन्स भित्रिएको हो।

केही महिनादेखि चालु खाता निरन्तर बचतमा छ। मंसिरसम्म बचत एक खर्ब ४० अर्ब २३ करोड रुपैयाँ पुगेको छ। शोधनान्तर बचत पनि २ खर्ब १० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकका अनुसार, विदेशी मुद्राको सञ्चिति अहिलेसम्मकै उच्च १७ खर्ब ६७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ।

अहिले भएको सञ्चितिले १४.१ महिनाको वस्तु र ११.८ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्छ।

यस्तो छ देशको आर्थिक अवस्था

नेपाल राष्ट्र बैंकका अनुसार मंसिर महिनामा ४.९५ प्रतिशतले महँगी बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान स्थितिको तथ्यांकअनुसार गत वर्षको मंसिरको तुलनामा चालु आर्थिक वर्षमा महँगी ४.९५ प्रतिशतले महँगी बढेको हो ।

गत वर्षको मंसिर महिनामा ७.३८ प्रतिशतले महँगी बढेको थियो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ५ महिनामा महँगी ६.७१ प्रतिशतले बढेको छ । जुन अर्थ मन्त्रालयले निर्धारण गरेको सीमाभन्दा केही बढी हो ।

चालु आर्थिक वर्षमा सरकारले ६.५ प्रतिशतले महँगी बढ्ने अनुमान गरेको थियो । महँगीको वृद्धिदर कम हुँदै गएकाले चालु आर्थिक वर्षमा सरकारले निर्धारण गरेको सीमाभन्दा महँगी वृद्धिदर कम हुने देखिएको छ । चालु आर्थिक वर्षको साउन महिनामा गत वर्षभन्दा ७.५२ प्रतिशतले, भदौमा ८.१९ प्रतिशत, कात्तिकमा ७.५ प्रतिशत र मंसिरमा ५.३ प्रतिशतले महँगी बढेको थियो ।

चालु खाता १४० अर्ब २३ करोडले बचतमा

सरकारको चालु खाता १४० अर्ब २३ करोड रुपैयाँले बचतमा पुगेको छ । गत वर्षको मंसिरमा ४१ अर्ब २१ करोड रुपैयाँले घाटामा रहेको चालु खाता यो वर्षको मंसिरमा १४० अर्ब २३ करोड रुपैयाँ बचतमा पुगेको हो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड २२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १७.२ प्रतिशतले कमी आई २ अर्ब ८७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ९२ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ४७ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाखले धनात्मक थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति २१० अर्ब ५९ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोड रुपैयाँले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५८ करोडले बचतमा छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter