सुन्तला बेचेर कृषकले कमाए ३० करोड रुपियाँ

अमरराज नहर्की / तनहुँ, माघ १ गते । तनहुँका कृषकले यस वर्ष सुन्तला बेचेर ३० करोड रुपियाँ आम्दानी गरेका छन् । सुन्तला खेती विस्तार र उत्पादन वृद्धि भएकाले गत वर्षभन्दा चार करोड रुपियाँले बढी सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी किरण परियारले बताउनुभयो ।

खेतीबाट राम्रो आम्दानी हुन थालेपछि सुन्तला खेतीतर्फ आकर्षित हुन थालेकाले जिल्लामा सुन्तला उत्पादनमा वृद्धि हुँदैगएको परियारले बताउनुभयो । परियारले भन्नुभयो, ‘गत वर्ष कृषकले २६ करोड रुपियाँ आम्दानी गरेका थिए । यस वर्ष चार करोड वृद्धि भएर ३० करोडको बिक्री गरेका छन् ।’

जिल्लामा उत्पादित अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात भएको छ । काठमाडौँ, पोखरा, चितवन, विराटनगर लगायतका ठुला सहरमा सुन्तला निर्यात हुनेगरेको केन्द्रले जनाएको छ ।

जिल्लामा आर्थिक वर्ष २०७९–८० मा एक हजार छ सय ८७ हेक्टरमा खेती गरिएकोमा नौ हजार ८ सय छ मेट्रिक टन सुन्तला उत्पादन गरी २६ करोड आम्दानी गरेको यो वर्ष तथ्याङ्क सङ्कलनका क्रममा चार करोड रुपियाँ आम्दानीमा वृद्धि भएको पाइएको सूचना अधिकारी परियारले बताउनुभयो ।

आव २०७८–७९ मा नौ हजार पाँचसय दश मेट्रिक टन सुन्तला उत्पादन भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मनग्य आम्दानी हुन थालेपछि कृषक सुन्तला खेतीमा आकर्षित हुँदैगएका छन् । जिल्लाका आठ हजार पाँचसय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ ।

केन्द्रले सुन्तला खेती कृषकलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दैआएको छ । कृषकलाई प्रोत्साहन गर्न बगैँचामै पुगेर पनि आवश्यक परामर्श दिइने गरिएको छ । देवघाट गाउँपालिका–२ र ३, आँबुखैरेनी गाउँपालिका–५, म्याग्दे गाउँपालिका–४, व्यास नगरपालिका–७, १३ र १४, भिमाद नगरपालिका–८ र ९, बन्दीपुर गाउँपालिका–३, ऋषिङ गाउँपालिका–३ र घिरिङ गाउँपालिकामा सुन्तला खेती विस्तारको सम्भावना छ ।

सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेकाले विक्रीको लागि कुनै समस्या नरहेको म्याग्दे गाउँपालिका–२ उमाचोक कृषक निर्मल अधिकारीले जानकारी दिनुभयो । कृषकलाई उत्साहित बनाउन बगैँचा व्यवस्थापनमा मद्दत गरिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपालप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter