२० हजार बढी सवारी साधन कारबाहीमा

नारद कोहार / तौलिहवा, माघ १ गते । कपिलवस्तुमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ट्राफिक नियमको उल्लङ्घन गर्ने २० हजार ८९९ सवारी साधनलाई कारबाही गरिएको छ ।

छ महिनाको अवधिमा सवारी साधन कारबाहीबाट १ करोड ५३ लाख राजस्व सङ्कलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार साउनदेखि पुस मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने १० हजार ७ सय ६ ट्रक, १ हजार १४४ बस, ४ हजार ६३७ जिप, कार भ्यान, ३ सय ४१ ट्याक्टर, ३ हजार ८४३ मोटरसाइकल, र २ सय २८ टम्पो कारबाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनीश भण्डारीका अनुसार मालवाहक सवारी साधनले क्षमताभन्दा बढी समान बोक्ने, जिप कारले क्षमताभन्दा बढी यात्रु राख्ने, लाइसेन्स नबोक्ने र जथाभाबी पार्किङ गर्ने सवारी धनीहरूलाई कारबाही गरिएको बताउनुभयो ।

कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दैआइरहेको उहाँको भनाइ छ ।

ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष ०७७–७८ मा २८ हजार ७ सय ८८ सवारी साधन कारबाहीबाट १ करोड ७८ लाख ६३ हजार राजस्व सङ्कलन गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७८–७९ मा २९ हजार ४३ सवारी साधन कारबाहीबाट १ करोड ८७ लाख ७४ हजार र आर्थिक वर्ष २०७९–८० मा २५ हजार ९ सय ५२ सवारी साधन कारबाहीबाट १ करोड ७७ लाख ११ हजार राजस्व सङ्कलन गरिएको कार्यालयले जनाकारी दिइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter