विपद् जोखिम न्यूनीकरण गर्न समुदाय स्तरमै सचेतना आवश्यक : मुख्यमन्त्री शर्मा; अझै टेकाकै भरमा सम्पदाहरू

सुर्खेत, माघ २ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विगतमा भएका प्राकृतिक विपत्तिबाट शिक्षा लिन नसक्दा अहिले मानवीय र भौतिक क्षति व्यहोर्नु परेको बताउनुभयो । उहाँले ‘गोरखाको वारपाकमा गएको भूकम्पबाट शिक्षा लिएको भए अहिले जाजरकोट भूकम्पको क्षति न्यून हुने थियो । विगतबाट हामीले शिक्षा लिन सकेनौ ।’ भन्नुभयो ।

२६ औँ भूकम्प सुरक्षा दिवस अवसरमा सुर्खेतमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शर्माले कर्णाली प्रदेशमा हुने विपद् जोखिमको विश्लेषण गरी आवश्यक पूर्व तयारीमा लाग्नुपर्ने बताउनुभयो । उहाँले कुरा गरेर होइन व्यवहारिक रूपमै देखिने गरी नीति विधि र कार्यक्रम बनाएर अघि बढ्नुपर्ने जिकिर गर्नुभयो ।

‘‘कर्णाली प्रदेश प्राकृतिक विपदबाट हुन सक्ने क्षति र न्यूनीकरणका लागि आम समुदाय स्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र आवश्यक जनशक्ति तयार गरेर मात्र क्षति न्यूनीकरण गर्न सकिन्छ ।,’’ शर्माले भन्नुभयो, ‘‘भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्न र जनचेतनामूलक कार्य अघि बढाइने छ ।समुदायको सक्रिय सहभागिताले मात्र भूकम्प लगायतका प्राकृतिक विपद्को सामना गर्न सकिन्छ ।’’

भूकम्पबाट प्रभावित क्षेत्रको पुनर्निर्माणका कार्य अघि बढाउन सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्य अपरिहार्य भएको शर्माको भनाइ छ ।

वीरेन्द्रनगरपालिका प्रमुख मोहन माया ढकालले स्थानीय तह जनतको नजिकको अधिकार सम्पन्न सरकार भए पनि ऐन कानुनको नहुनु र सीमित स्रोत साधनका अभावले प्रभावकारी रूपमा कार्य सम्पादन गर्न चुनौती भएको बताउनुभयो । उहाँले स्थानीय तहमा दक्ष जनशक्ति अभाव हुँदा विभिन्न विपद् न्यूनीकरणका कार्य गर्न अप्ठ्यारो भएको गुनासो गर्नुभयो ।

अझै टेकाकै भरमा सम्पदाहरू

२०७२ वैशाख १२ गते बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पले भत्काएका धेरै भवन र सम्पदाको पुनर्निर्माण पूरा भएका छन् । आठ वर्ष बित्नै लाग्दा पनि केही भवन र महत्त्वपूर्ण सम्पदाको पुनर्निर्माण भने अझै हुन सकेको छैन ।

वसन्तपुर दरबार क्षेत्र ८ वर्ष पुगिसक्दा पनि पूर्णरुपमा पुनर्निर्माण हुन सकेको छैन । भूकम्पले पूर्णरुपमा क्षति पुराएका काष्ठमण्डप, माजु देगल, जगन्नाथ मन्दिर, गद्दी बैठकको पुनर्निर्माण भइसकेको छ ।

वसन्तपुर डबलीको दक्षिणतर्फ रहेको नवआदर्श स्कुल, संस्कृत विश्वविद्यालयको भवन, हनुमानढोका प्रवेशद्वारसँगै रहेको आगँ छेँ, सुन्दरी चोक, मोहन चोक, कामदेव मन्दिरको काम सुरु हुन सकेको छैन।

यसैगरी पाटन दरबार क्षेत्रको पनि अवस्था झण्डै यस्तै रहेको छ । उक्त क्षेत्रको पुनर्निमार्णको कार्य पनि एकदमै ढिलो गतिमा अगाडि बढिरहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter