भूमिहीनलाई जग्गा उपलब्ध गराउन नाँपजाँच; स्थानीय तहमा निस्सा वितरण

तिलाचन पाण्डे / तम्घास, माघ २० गते । गुल्मीमा भूमिहीनका लागि जग्गा उपलब्ध गराउन नाँपजाँच कार्य सुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग गुल्मीमा आवेदन दिएका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाँपजाँच कार्य सुरु गरिएको जिल्ला अध्यक्ष राम मल्ल ठकुरीले जानकारी दिनुभयो ।

जिल्लाको मुसिकोट नगरपालिका, रुरुक्षेत्र गाउँपालिका र चन्द्रकोट गाउँपालिकामा जग्गा नाँपजाँचको काम भइरहेको ठकुरीले बताउनुभयो । मुसिकोट नगरपालिका र रुरुक्षेत्र गाउँपालिकामा पहिलो चरणको नाँपजाँच कार्य सम्पन्न भएको र चेकजाँचको साथमा प्रमाणीकरणको कार्य भइरहेको मल्लले बताउनुभयो । यस्तै, चन्द्रकोट गाउँपालिकामा नाँपजाँचको काम भइरहेको उहाँको भनाइ छ ।

चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले भूमिहीनका लागि जग्गाको मालिक बनाउन स्थानीय सरकारले पहिलो प्राथमिकता दिएको बताउनुभयो । पालिका भित्रका नागरिकलाई जग्गाको मालिक बनाउन आफूले कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ छ ।

स्थानीय तहमा निस्सा वितरण

जिल्लाका १० स्थानीय तहमा निस्सा वितरण गरिएको जिल्ला समितिले जनाएको छ । रेसुङ्गा नगरपालिका र इश्मा गाउँपालिका बाहेकका स्थानीय तहमा निस्सा वितरणको कार्य सम्पन्न भइसकेको जिल्ला अध्यक्ष ठकुरीले बताउनुभयो ।

१० स्थानीय तहमा कूल एक हजार ३८० लाभग्राहीलाई निस्सा वितरण गरिएको सदस्य सीता बलालले जानकारी दिनुभयो । लाभग्राहीहरूले प्राप्त गरेको निस्साको आधारमा जग्गा नाँपजाँचको कार्य हुने भएकाले पहिलो प्रमाण नै निस्सा रहेको उहाँको भनाइ छ । बाँकी दुई स्थानीय तहको निस्सा तयार भइसकेकाले स्थानीय तहको समन्वयमा निस्सा वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको गुल्मीमा भूमिहीन दलित ३०८, भूमिहीन सुकुम्वासी २६१ र अव्यवस्थित बसोबासी एक हजार ९८४ जना गरी कूल दुई हजार ५५३ जनाले आवेदन दिएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter