मेलामा तेजपातको करोड कारोबार

विजयकुमार साह / ढल्केबर, माघ २७ गते । जनकपुरधामबाट करिब १८ किलोमिटर उत्तर–पूर्वमा धनुषाधाम पर्छ । यहाँ हरेक वर्ष माघमा एक महिने मकरसङ्क्रान्ति मेला लाग्छ । सो मेलामा करिब एक करोड रुपियाँ बरावरको तेजपातको कारोबार भएको छ ।

त्रेतायुगमा तत्कालीन मिथिलाका राजा जनकको प्रतिज्ञा पूरा गर्न भगवान् रामले शिवको पिनाकमा प्रत्याञ्च चढाउँदा तीन टुव्रmा भएर एक खण्ड आकाश, दोस्रो खण्ड पाताल र तेस्रो खण्ड धनुषामा खसेकाले धनुषाधामकै रूपमा पुजिन थालिएको धार्मिक तथा पौराणिक मान्यता रहिआएको छ ।

यहाँ दिनहुँ आन्तरिक तथा बाह्य पर्यटक आउनेगरेको भए पनि माघ महिनाको प्रत्येक आइतबार लाग्ने मेलाका दिन अत्यधिक भिड रहन्छ । यस धार्मिक मेलामा धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली तथा भारतीय सीमावर्ती क्षेत्रका दर्शनार्थी आउने गर्छन् ।

मेलाको थुप्रै चलन तथा मौलिकता गुम्दै गए पनि तेजपातको खरिद बिक्री भने झन् वृद्धि भएको छ । कुकुर, छाउरो, घोडा, हस्तकला किनबेच तथा आमा–छोरीको मिलन, लोकदोहोरी र मन्दिरमा विवाह गर्ने चलन एवं मौलिकता हराउँदै गए पनि तेजपातको खरिद बिक्रीमा वृद्धि भएको स्थानीय सञ्चारकर्मी मुकेशकुमार ठाकुरको भनाइ छ ।

भान्सा तथा घरेलु औषधीमा प्रयोग गरिने तेजपात बर्षेनी आयोजना हुने यो मेलाको मुख्य आकर्षणको रुपमा रहने गरेको उहाँले बताउनुभयो । “मेला भर्न आउने अधिकांश सर्वसाधारणले तेजपात खरिद गर्नेगरेका छन् । त्यसलगायत सखरखण्ड (केसौर) धुपी, फलामको कृषि तथा घरेलु औजारको पनि राम्रै व्यापार भएको छ” ठाकुरले भन्नुभयो ।

तेजपात व्यापारी तथा धनुषाधाम मेला व्यवस्थापन समितिको सल्लाहकार समेत रहनुभएका चलितर महतोले मेलामा अहिलेसम्म एक करोड रुपियाँ बराबर तेजपातको कारोबार भएको बताउनुभयो । उदयपुर जिल्लाबाट तेजपात खरिद गरेर ल्याउनेगरेको बताउँदै उहाँले भन्नुभयो, “किलोको हिसाब गर्दा दुई हजार चारसय क्विन्टल तेजपात बिक्री भएको छ ।”

अघिल्लो वर्ष पनि एक हजारभन्दा बढी किलो तेजपातको बिक्री भएको उहाँले जानकारी दिनुभयो । तेजपात खरिद गरेर घर फर्किदैगरेका ढल्केवरकी सरिता महतोले ताजा, वासनादार र अरु ठाउँको तुलनामा यहाँ तेजपात सस्तोमा पाइने भएकाले खरिद गरेको बताउनुभयो । एक वर्षका लागि पुग्नेगरी खरिद गरेको बताउँदै उहाँले कोसेलीको रुपमा वर्षेनी लाग्ने यही मेलामा आएर तेजपात खरिद गर्नेगरेको जानकारी दिनुभयो ।

स्थानीय युवा गोविन्द यादवले मेला भर्न आउनेहरुले कासेलीको रुपमा मिठा पकवानसँगै तेजपात अनिवार्य खरिद गर्नेगरेको बताउनुभयो । तेजपातका लागि छुट्टै बजार लाग्नेगरेको बताउँदै उहाँले २० भन्दा बढी खुद्रा तथा थोक व्यापारीले छुट्टाछुट्टै व्यापार गर्दैआएको जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter