प्रणाली बिग्रिएपछि वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता वितरण बन्द

काठमाडौँ, फागुन १ गते । वैदेशिक रोजगार बोर्डको अनलाइन प्रणाली अवरुद्ध भएको छ । बोर्डको सचिवालयले एक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अंगभंग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणमा प्रयोग हुने प्रणालीमा समस्या आएको जानकारी दिएको छ ।

बोर्ड सचिवालयको ‘एफईडब्लुआईएमएस डट एफईबी डट जीओभी डट एनपी’को सर्भर र सफ्टवेयर केही दिनदेखि समस्या आएको भन्दै संस्थाले केही दिन सेवा बन्द हुने जानकारी गराएको छ ।

सफ्टवेयरको सर्भरको मर्मतको काम भइरहेकोले फेरि सञ्चालनमा नआएसम्म वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अंगभंग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरण बन्द हुनेछ । बोर्डको प्रणालीमा समस्या आउँदा केही दिनदेखि सेवा प्रभावित छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter