सिकलसेल औषधीलाई ‘सुबिधा थैली’मा समेट्न आग्रह

गजेन्द्र गुरुङ / खजुरा, माघ २ गते । लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी ‘नमुना’ ले सिकलसेल एनिमिया र थालेसिमिया रोगको निदान र उपचारलाई स्वास्थ्य बीमामा समावेश गर्न अनुरोध गर्नुभएको छ ।

बाँके निर्वाचन क्षेत्र नं. १ (१) बाट निर्वाचित मन्त्री केसीले बुधवार स्वास्थ्य बीमा वोर्ड काठमाडौं पुगेर वोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलामार्फत् यस्तो अनुरोध गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

वोर्डका कार्यकारी निर्देशक डा. बसौलासमक्ष मन्त्री केसीले हजारौं सिकलसेल एनिमिया र थालेसिमियाका बिरामीको निदान र उपचार स्वास्थ्य बीमाको सुबिधा थैलीमा समावेश नगरिदा यस रोगका बिरामीले औषधी खरिद गर्नुपर्ने भएको भन्दै स्वास्थ्य बीमाले प्रदान गर्ने निःशुल्क औषधीको सुबिधा थैलीमा सूचिकृत गर्न अनुरोध गर्नुभयो ।

सिकलसेल र थालेसिमिया रोगको निदान र उपचारका लागि सरकारले स्वास्थ्य बीमामा समेटे पनि बीमा गरेका यस रोगका बिरामीले निःशुल्क औषधी प्राप्त गर्न सकेका छैनन् । सिकलसेल र थालेसिमिया रोग लागिसकेपछि यसका रोगी विरामीले दीर्घकालीन रुपमा औषधी खानुपर्ने र औषधीसमेत अत्यन्तै महङ्गो हुनेहुँदा स्वास्थ्य बीमा वोर्डलाई निःशुल्क औषधीको सुबिधामा समेट्न आफूले अनुरोध गरेको मन्त्री केसीले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter