विश्वकप क्रिकेट लिग–२ : नेदरल्यान्ड्समाथि नेपालको सहज जित

काठमाडौँ, फागुन ५ गते । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्समाथि नेपालले सहज जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हरायो ।

नेपाल, नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा भने नेपाल नामिबियासँग चार विकेटले पराजित भएको थियो । जितका लागि नेदरल्यान्ड्सले दिएको एक सय ३८ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि अनिल साहले सर्वाधिक ५७ रन बनाउनुभयो । उहाँले ३६ बलमा ६ चौका र चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

यस्तै आसिफ शेखले अविजित ५४ रन बनाउनुभयो । उहाँले ४५ बलमा आठ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । ओपनर कुशल भुर्तेलले २८ रन बनाउनुभयो । दोस्रो विकेटका लागि अनिल र आसिफले अविजित १०५ रनको साझेदारी गर्नुभएको थियो । बलिङमा नेदरल्यान्ड्सका भिभियन किंगमाले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेदरल्यान्ड्सले ३९ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३७ रन बनाएको थियो। नेदरल्यान्ड्सका लागि कप्तान स्कट एड्पार्डसले सर्वाधिक ३३ रन बनाउनुभयो । बास डी लिडेले २७, साइब्रान्ड एङ्गेलब्रेख्त २३, नोआ क्रसले १२, कायल क्लेलिनले अविजित ११ तथा आर्यन दत्त र म्याक्स ओुडोउडले १०/१० रन जोड्नुभयो ।

बलिङमा नेपालका कुशल भुर्तेलले चार विकेट लिनुभयो । यस्तै ललितनारायण राजवंशीले दुई तथा सोमपाल कामी र कप्तान रोहित पौडेलले एक/एक विकेट झार्नुभयो । नेपालले सिरिजको तेस्रो खेल सोमबार पुन: नेदरल्यान्ड्ससँग र अन्तिम खेल बुधबार नामिबियासँग खेल्नेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter