सरकारले पीडितलाई केन्द्रबिन्दुमा राखेर शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी; एक वर्षमा ९ हजारभन्दा बढी व्यक्ति मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा पीडित

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पीडितलाई केन्द्रबिन्दुमा राखेर शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र सम्पन्न गर्न सरकार र सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताएकी छन् ।

सोमवार काठमाडौँमा नेपाल मानव अधिकार अधिकार वर्ष पुस्तक–२०२४ को विमोचन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् । पूर्वराष्ट्रपति भण्डारीले हिजो देशलाई हिंसाको दुष्चक्रमा होम्ने सत्तापक्ष र बिद्रोही पक्ष भएर नेतृत्व गर्नेहरुनै आज सरकारको नेतृत्व गरिरहेको अवस्थामा यो देशले र निर्दोष पीडितहरूले कसरी न्याय पाउन सक्छन् ? भन्ने गम्भीर प्रश्न तेर्सिएको बताइन् ।

उनले सङ्क्रमणकालीन न्यायजस्तो संवेदनशील विषयलाई कसैले पनि राजनीतिक स्वार्थ सिद्ध गर्नै माध्यम बनाउन नहुने पनि बताइन् ।

त्यस अवसरमा पूर्वराष्ट्रपति भण्डारीले सशस्त्र द्वन्द्वकालमा मुलुक भएका न्याय र अन्यायलाई छुट्टयाउने काम मानव अधिकारवादीहरुले गर्ने विश्वास समेत व्यक्त गरिन् ।

एक वर्षमा ९ हजारभन्दा बढी व्यक्ति मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा पीडित

सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट ९ हजार ३ सय ८८ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । इन्सेकले सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत यो तथ्यांक सार्वजनिक गरेको हो ।
इन्सेकले गरेको अभिलेख अनुसार सन् २०२३ मा मानव अधिकार उल्लङ्घनका घटनामा ९ सय ८८ जना र ज्यादतीका घटनामा ८ हजार ४ सय जना पीडित भए ।

सन् २०२२ मा यस्ता घटनामा ७ हजार ३ सय ७६ जना पीडित भएको अभिलेख राखेको इन्सेकले जनाएको छ ।

इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ मा मानव अधिकार उल्लङ्घन सूचकाङ्क सार्वजनिक गरेको छ । सूचकाङ्क अनुसार बागमती प्रदेश सबैभन्दा माथि र सूदूरपश्चिम प्रदेश तल छ ।

‘मानव अधिकार उल्लङ्घन सूचक एक समग्र सूचकाङ्क हो, जसले मानव अधिकार उल्लङ्घनका सन्दर्भमा नेपालका सात ओटै प्रदेशको सापेक्षिक स्थिति पहिचान गर्न मद्दत गर्दछ,’-इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले भने ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter