सरकारको कामप्रति प्रधानमन्त्री असन्तुष्टि; विकासको कामले सिंहदरबार तात्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं, फागुन १७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको काम कारबाहीप्रति आफैँले असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै उनले सरकारले गत श्रावण महिनामा निर्धारण गरेका लक्ष्यहरुअनुसार काम हुन नसकेको बताएका हुन् । उनले योजना तथा कार्यक्रमहरु निर्धारण गर्दा वस्तुगत र वस्तुवादी हुन नसकेको बताए । उनले मनोगत ढंगबाट लक्ष्यहरु निर्धारण गर्दा परिणाम प्राप्त हुन नसकेको बताए ।

प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री डा. प्रकाशशरण महतप्रति लक्षित गर्दै मनोगत रुपमा सरकारका योजना र कार्यक्रम बनाउँदा अहिले परिमार्जन गर्नुपर्ने, हटाउनु, घटाउनुपर्ने स्थिति देखापरेको बताए । उनले माघ मासन्तसम्म सम्पन्न हुनुपर्ने १ हजार ७ सय ६७ वटा माइलस्टोनमध्ये ३६ प्रतिशतमात्रै सम्पन्न हुनु ५१ प्रतिशत चालु अवस्थामा र १४ प्रतिशत त सुरु नै हुन नसकेको अवस्था रहेको बताए । उनले चालु आर्थिक वर्षमा कुल ३ हजार ४२१ तय भएका माइलस्टोनमध्ये हालसम्म ६३३ मात्र सम्पन्न हुनु र चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि २४५ अझै सुरु नै हुन नसक्नुले हाम्रो कार्य क्षमतामाथि नै प्रश्न उठेको बताए ।

उनले भने,‘हामीले माघ मासन्तसम्म सम्पन्न हुनुपर्ने भनेर १ हजार ७ सय ६७ वटा माइलस्टोनमध्ये ३६ प्रतिशतमात्रै सम्पन्न हुनु ५१ प्रतिशत चालु अवस्थामा र १४ प्रतिशत त सुरु नै हुन नसकेको देखियो । चालु आर्थिक वर्षमा कुल ३ हजार ४२१ तय भएका माइलस्टोनमध्ये हालसम्म ६३३ मात्र सम्पन्न हुनु र चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि २४५ अझै सुरु नै हुन नसक्नुले हाम्रो कार्य क्षमतामाथि नै प्रश्न उठेको छ । माघसम्म कुल राजश्व संकलन वार्षिक लक्ष्यको तुलनामा ३९.९ झन्डै ४० प्रतिशत र माघसम्मको लक्ष्यको तुलनामा ७४ प्रतिशत मात्र संकलन भएको देखिन्छ । अझ पुँजीगत खर्च त २४ प्रतिशत भन्दा कम भएको छ । पुँजी निर्माण नभई विकासले गति लिँदैन भन्नेकुरा सबैलाई थाहा छ । अर्थतन्त्र पनि त्यो स्थितिमा चलायमान हुन सक्दैन । आफैँले किटान गरेको लक्ष्यअनुसार उपलब्धि किन हासिल हुन सकेन हामीसँग अहिले पनि चित्तबुझ्दो उत्तर छैन ।’

प्रधानमन्त्री प्रचण्डले माघसम्म कुल राजश्व संकलन वार्षिक लक्ष्यको तुलनामा ३९.९ झन्डै ४० प्रतिशत र माघसम्मको लक्ष्यको तुलनामा ७४ प्रतिशत मात्र संकलन भएको बताए । उनले पुँजीगत खर्च २४ प्रतिशतभन्दा कम भएको भन्दै पुँजी निर्माण नभई विकासले गति नलिने स्पष्ट पारे । उनले सो स्थितिमा अर्थतन्त्र चलायमान नहुने जिकिर गरे । आफैँले किटान गरेको लक्ष्यअनुसार उपलब्धि किन हासिल हुन सकेन भन्ने प्रश्नको उत्तर चित्तबुझ्दो नभएको बताए ।

विकासको कामले सिंहदरबार तात्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले राजनीतिक र प्रशासनिक नेतृत्वहरू निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु राम्रो सङ्केत नभएको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नीति, कार्यक्रम र बजेटबिच तादात्म्य नमिल्दा परिणाम आउन नसकेको बताउनुभयो । उहाँले मन्त्रालयहरू तथा अन्य निकायले निर्धारित वार्षिक लक्ष्य र सूचकहरुकोअनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र राजनीतिक र प्रशासनिक नेतृत्वहरू निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु राम्रो नभएको चर्चा गर्नुभयो । उहाँले यो स्थिति जटिल परिस्थितिको सङ्केत भएको बताउनुभयो । राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वको बिचमा पनि एकले अर्कालाई प्रभाव पार्नेगरी नकारात्मक असर गरिरहेको चित्र देखिएको बताउनुभयो ।

उहाँले प्रशासनिक नेतृत्व जटिलतामा असुरक्षाको महसुस गरेमा त्यसको प्रभाव राजनीतिक नेतृत्वमा प्रधानमन्त्री, मन्त्रीलाई पर्ने बताउनुभयो । उहाँले अहिले एकले अर्कालाई कसरी ढाडस दिन र सहयोग गर्न सकिन्छ भन्ने चुनौती रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नीति, कार्यक्रम र बजेटबिच तादात्म्य नमिल्दा परिणाम आइरहेको छैन । मन्त्रालयहरू तथा अन्य निकायले निर्धारित वार्षिक लक्ष्य र सूचकहरूका अनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र राजनीतिक र प्रशासनिक नेतृत्वहरू निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु पक्कै पनि सकारात्मक सन्देशको सङ्केत होइन । यो निकै नै जटिल परिस्थितिको सङ्केत हो । यसले हामी राजनैतिक नेतृत्व र प्रशासनिक नेतृत्वबिचमा पनि एकले अर्कालाई प्रभाव पार्नेगरी नकारात्मक असर गरिरहेको चित्र देखिन्छ । प्रशासनिक नेतृत्व जटिलतामा असुरक्षाको महसुस गरेमा त्यसको प्रभाव राजनीतिक नेतृत्वमा प्रधानमन्त्री, मन्त्रीलाई पर्छ । राजनीतिक नेतृत्वमा कुनै किसिमको असहजता देखा पर्दा त्यसको प्रभाव प्रशासनमा पर्दछ ।

यो अन्तरबिरोधलाई पनि समयमै चिनेर त्यसलाई हल गर्ने उपाय खोज्नुपर्ने उहाँले चर्चा गर्नुभयो । त्यसमा दृढताकासाथ अघि बढ्नुपर्छ भन्नुभयो । ‘एकले अर्कालाई कसरी ढाडस दिन र सहयोग गर्न सकिन्छ भन्ने चुनौती छ । सिंहदरबारको स्थिति कस्तो छ भन्ने समीक्षा गर्दा सिंहदरबार त विकास निर्माण, प्रशासन सबै कामले तात्नुपर्नेमा त्यस्तो नभइरहेको अनुभूति हामीलाई भएको छ । कामकाजलाई नयाँ गति दिने सङ्कल्प गरिएको थियो तर एक दुई महिना बित्दा नबित्दै शिथिल हुन खोजेको छ’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले सिंहदरबार विकास निर्माण, प्रशासन सबै कामले तात्नुपर्नेमा सेलाएको महसुस आफूले गरेको बताउनुभयो । उहाँले कामकाजलाई नयाँ गति दिन गरिएको सङ्कल्प पनि दुई महिना नबित्दै शिथिल भएको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter