नेपालको टी–२० विश्वकप टोली घोषणा

काठमाडौँ, वैशाख १९ गते । आइसिसी टी–२० विश्वकपका लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले बुधबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । टोलीमा सागर ढकाल र कमलसिंह ऐरीलाई स्थान दिइएको छ ।

१५ सदस्यीय खेलाडीमा कप्तान रोहितसँगै आशिफ शेख, अनिलकुमार शाह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमल सिंह ऐरी हुनुहुन्छ ।

अमेरिका र वेस्ट इन्डिजमा जुन १ देखि हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले जुन ४ तारिख नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

यस्तै नेपालले समूहको दोस्रो खेल जुन ११ मा श्रीलंका, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ तारिख बङ्गलादेशसँग खेल्नेछ । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको टी–२० विश्वकप खेलेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter