सरकारलाई बलियो बनाउने विधेयक अगाडि बढाउनुपर्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ, वैशाख २० गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारलाई बलियो बनाउने गरी विधेयक अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथिको छलफलका क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सरकार बलियो हुनुपर्ने धारणा राख्नुभयो । उहाँले जुन पार्टीको सरकार भएपनि र जो व्यक्ति मन्त्री भएपनि सरकार बलियो हुनुपर्ने बताउनुभयो । विधेयकको छलफलका क्रममा बोल्दै सांसदले राज्यले सञ्चालन गर्ने मिडियाको सञ्चालक समिति अध्यक्षमा मन्त्री र सचिवलाई नराखी सभामुख अथवा राष्ट्रिय सभा अध्यक्षलाई बनाएर स्वतन्त्र निकाय बनाउनुपर्ने कुरा राखेपछि उहाँले यस्तो बताउनुभएको हो । राज्यका ठुला पदीय दायित्वमा भएका व्यक्तिलाई यस्ता समितिमा राख्नु नहुने मन्त्री शर्माको धारणा छ ।

उहाँले भन्नुभयो, ‘‘सञ्चालन गर्ने मुख्य मान्छे त अध्यक्ष हो । अध्यक्ष प्रस्तुतिको आधारमा बनाउने कि नियुक्त गर्ने । नाम सिफारिस गरेर त्यही व्यक्तिलाई नेपाल सरकारले तोक्ने हो भने यस्तामा चाहिँ हुनसक्छ । यदि साँच्चै व्यक्तिलाई प्रस्तुति गराउने, योग्य व्यक्ति ल्याउने, स्वतन्त्र व्यक्ति ल्याउने । मेरिटोक्रेसीमा जाने भन्ने हो भने सभामुख र मन्त्री उसको प्रस्तुति हेरेर बस्न सक्ने हो कि होइन ? हामी व्यक्तितिर नहेरौँ भन्ने हो मेरो भनाइ । मन्त्रीतिर पनि नहेरौँ । अरूतिर पनि नहेरौँ । राष्ट्रिय सभाले सिफारिस समितिमा योजना आयोगको सदस्य लिएर आएको छ । तर के गरौँ भने सरकारले गरेका काम, कारबाही गलत छन् भने त्यसलाई नियमन गर्ने, नियमनकारी रूपमा जाने, आलोचना गर्ने एउटा पाटो हो । सरकार बलियो हुनुपर्छ भन्ने धारणा अनुरूप नै हामी अगाडी जानुपर्छ जस्तो लाग्छ । यस्तो खालको जिम्मेवारीमा ठुलो पदीय दायित्वका व्यक्तिलाई इन्गेज गराउने कुरा गम्भीरतापूर्वक सोचौँ भन्ने मेरो आग्रह छ ।’’

उहाँले सरकारले ल्याएको सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई छिटो पारित गर्नुपर्नेमा जोड दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter