सरकारले नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने; जोशी र ढकाल एआईजीमा बढुवा

काठमाडौं, वैशाख २७ गते। सरकारले नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्ले नीति तथा कार्यक्रम जेठ १ गते ३ बजे ल्याउने निर्णय गरेको हो ।

सरकारले ल्याउने नीति तथा कार्यक्रम संसद्को बैठकमा राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ ।

बैठकले समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा सुनसरीका नन्दलाल माझीलाई र भाषा आयोगको रिक्त सदस्य पदमा काठमाडौंका सुरेश मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

जोशी र ढकाललाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

सरकारले नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीद्वय उमेश जोशी र भीम प्रसाद ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

यसअघि गृहसचिव नेतृत्वको बढुवा समितिले उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter