विकासमा राजनीति गर्नु हुँदैन : उपप्रधानमन्त्री महासेठ

काठमाडौँ, वैशाख २९ गते । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति गर्न नहुने बताउनुभएको छ । शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उपप्रधानमन्त्री महासेठले राजनीति पाँच वर्षमा ६ महिना जति गरे पुग्ने भन्दै अरू बेलामा विकास निर्माणमा लाग्नुपर्ने बताउनुभयो । उहाँले सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनताका राजनीति गरेर अन्य सबै समयमा देश विकासमा लाग्न सबै राजनीतिक दल र नेताहरूलाई आग्रह गर्नुभयो ।

उहाँले दलका नेताहरूले राजनीतिक कुरा र पार्टीका कुरा मात्रै गर्ने नभई दलको स्वार्थभन्दा माथि उठेर सोच्न आवश्यक रहेको बताउनुभयो । उहाँले दलभन्दा माथि उठेर नसोचेसम्म देश अघि बढाउन नसकिने जिकिर गर्नुभयो । उहाँले वर्तमान सरकारले भौतिक प्रगतिको रूपमा राम्रो उपलब्धि पाउने प्रतिबद्धता जनाउनुभयो ।

‘‘राजनीति पाँच वर्षमा ६ महिना गर्दा पुग्दो रहेछ । सङ्घ र प्रदेशको चुनाव ताका, ६ महिना तयारीका लागि र स्थानीय तहको निर्वाचनको बेलामा चार महिना । बाँकी समय त विकास मिलेर गर्दा हुँदो रहेछ । हामीले काम गर्दा हुन्छ । पार्टीका नेताहरूले पार्टीका कुरामात्रै गर्ने होइन ।,’’ उपप्रधानमन्त्री महासेठले भन्नुभयो, ‘‘हामीले पार्टीको स्वार्थभन्दा माथि उठेर जब हामी सोच्दैनौँ, देश अघि बढाउन सक्दैनौँ । हामीले विद्वान साथीहरूसँग कुरा बुझेर, सोधेर अघि बढ्नुपर्छ । दोस्रो पटक म पनि भौतिक मन्त्रालयमा आएको छु । कामको गति बढाउँदैछौँ । विश्वास छ यस वर्ष यस सरकारले भौतिक क्षेत्रमा राम्रो उपलब्ध प्राप्त गर्नेछ ।’’

उपप्रधानमन्त्री महासेठले देश विकासका लागि सबैको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले नेपालमा विगतभन्दा वर्तमानमा धेरै प्रगति भएको दाबी गर्नुभयो । उहाँले राजाको पालामा धेरै विकास हुने र बहुदल आइसकेपछि विकास नभएको भन्नेकुरा सत्य नरहेको बताउनुभयो ।

पार्टीका नेताहरूलाई गाली गरेर मात्रै आत्मसन्तुष्टि लिनुभन्दा साँच्चिकै विकास भएको छ की छैन ? भन्नेबारेमा सत्य जानकारी प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter