सभामुख–प्रमुख सचेतकबिचको छलफल निष्कर्ष विहीन; कांग्रेसप्रति ‘नेगेटिभ’ छैन : प्रधानमन्त्री

काठमाडौं, वैशाख ३० गते। संसद्को गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकसँग गर्नुभएको छलफल बिना निष्कर्ष सकिएको छ।

आइतबार अपराह्न सिंहदरबारमा बोलाइएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसहित प्रमुख दलका प्रमुख सचेतकको बैठकमा पनि कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान दोहोर्‍याएपछि बैठक बिना निष्कर्ष सकिएको हो।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान राखेको थियो। संसदीय छानबिन समिति गठन नगरेसम्म संसद् चल्न नदिने कुरा बैठकमा पार्टीको अडान प्रस्तुत गरिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो।

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले भने उपप्रधानमन्त्री लामिछानेको सहकारी प्रकरण छानबिन गर्ने कांग्रेसको माग कानुनसम्मत नभएको जिकिर गरेको छ। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय छानबिन समिति बनाएर सहकारी ठगी प्रकरण छानबिन गर्नेकुरा सभामुखको विशेषाधिकार भएकाले त्यसमा सरकारले संसद्लाई भन्न नमिल्ने जिकिर गर्नुभयो।

त्यसैगरी, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषयमा कुनै पनि राजनीतिक पार्टीले अवरोध गर्न नमिल्ने बताएको छ।

प्रमुख सचेतक सन्तोष परियारले कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न सदन अवरोध गर्न नमिल्ने बताउनुभयो। उहाँले सहकारी प्रकरण छानबिनको विषय भने संवादबाटै समाधान हुने भएकाले त्यसमा जोड दिएर कांग्रेस अघि बढ्नुपर्ने बताउनुभयो।

कांग्रेसप्रति ‘नेगेटिभ’ छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसप्रति आफू कहिल्यै ‘नेगेटिभ’ नभएको स्पष्ट पार्नुभएको छ । आइतबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेसले पनि आफूलाई ‘नेगेटिभ’ सोच्न पर्ने कारण नभएको बताउनुभयो ।

“अघिल्लो पटक समीकरण ब्रेक हुनुमा कांग्रेसलाई राष्ट्रपति दिऊ र शक्ति बाँडफाँट गरौँ भन्दा नमिलेकै हो”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “कांग्रेससँग सहमतिको वातावरण बनाउन म जहिले पनि लागि रहेको छु । तपाईँहरूले बुझ्नु भएकै होला ।”

उहाँले सरकारको नीति तथा कार्यक्रम कांग्रेससँगको सहकार्यमै राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा आएर वाचन गर्नुहुने जानकारी दिनुभयो ।

“समझदारीमै राष्ट्रपतिको सम्बोधन आउँछ । यदि समझदारी भएन भने पनि राष्ट्रपतिको सम्बोधन कांग्रेसले रोक्दैन । कांग्रेस संवैधानिक संस्कार बुझेको पार्टी हो”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

सरकारले मङ्गलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरेको छ । कांग्रेसले पछिल्लो समय संसदमा गतिरोध गरिरहेका कारण नीति तथा कार्यक्रममा आशङ्का उठी रहेका बेला प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आएको हो ।

प्रधानमन्त्रीले आजै मात्र पनि राष्ट्रपति पौडेल र कांग्रेस नेताहरूलाई भेटेर चितवन आउनु भएको हो ।

उहाँले सहकारीहरूमा देखिएको समस्या अध्ययनका लागि सोमबार वा मङ्गलबार संवैधानिक समिति गठन हुने कुरामा कांग्रेससँग सहमति हुने पनि बताउनुभयो । उहाँले सहकारी ठगी प्रकरणमा फरार जीवी राईलाई अघिल्लो सरकारले भगाएको गृहमन्त्री रवि लामिछानेको आरोपको पनि खण्डन गर्नुभयो ।

“कुतर्क कसैले पनि गर्न हुँदैन । जीवी राईलाई पक्राउ गर्न राहदानीका कारण समस्या भएको हो । उसलाई ल्याउने तयारी भइरहेको छ”, उहाँको स्पष्ट जवाफ थियो, “अघिल्लो सरकारले, प्रधानमन्त्रीले, गृहमन्त्रीले भगायो भन्नु कुतर्क हो ।”

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter