‘अर्थतन्त्र विकासमा नीतिगत स्थिरता आवश्यक’

काठमाडौं, जेठ २१ गते । राष्ट्रिय सभाका सदस्य डा. अन्जान शाक्यले अर्थतन्त्रको विकासका लागि नीतिगत स्थिरता आवश्यक रहेको बताउनुभएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८१–८२ का लागि तर्जुमा गरेको बजेटमाथिको छलफलमा सहभागी हुँदै उहाँले यस्तो बताउनु भएको हो ।

‘सरकार फेरिनु, मन्त्री वा सचिव फेरिनुबाट हचुवा किसिमले तारन्तार नियम–कानुनहरु फेरिनु हुँदैन’ शाक्यले भन्नुभयो, ‘उद्योगी–व्यवसायीका लागि विश्वसनीय र व्यवसायिक वातावरण बनाउन सकेको अवस्थामा मात्र अर्थतन्त्र विस्तार गर्न सकिन्छ ।’

उहाँले देशमा रोजगारी बढाउन तथा उत्पादन बढाउन सरकारले नीजि क्षेत्रसँग हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘करको दर नबढाई दायरा बढाउनु पर्छ । अनौपचारिक क्षेत्रमा हुने कारोबारले एकातिर राष्ट्रिय आय गणनामा नकारात्मक असर पारेको छ भने अर्कोतिर ती व्यवसायहरुमा हुने आम्दानी करको दायरामा पनि आउन नसकेको अवस्था छ ।’

सदस्य शाक्यले प्रत्येक नेपालीलाई आफ्नो इतिहास, स्वाभिमान, संघर्ष, बलिदान, परिवर्तन र उपलब्धिलाई गौरवबोध गराउन विद्यालय शिक्षामा नैतिक शिक्षा राख्न आवश्यक रहेको उल्लेख गर्नुभयो । ‘विद्यालय तहदेखि नै असल नागरिक कसरी बन्ने विषय, नैतिक शिक्षा र अध्यात्मिक शिक्षाका ज्ञानहरु समावेश गर्न आवश्यक छ’ उहाँले भन्नुभयो, ‘त्यस्को कार्यान्वयनका लागि बजेटमा विशेष व्यवस्था गरिनुपर्छ ।’

शाक्यले १६ औँ पञ्चवर्षीय योजनामा नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाक्षां पूरा गर्ने लक्ष्य राखेको स्मरण पनि गराउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले पनि ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य हाँसिल गर्न दीर्घकालिन सोँच तय गरिसकेको छ । यी सबै तथ्यहरुलाई आत्मसाथ गर्दै आगामी आर्थिक वर्षमा यी सबै विषयहरुलाई सम्वोधन गर्न आवश्यक छ ।’

शाक्यले सार्वजनिक ओहदामा बस्ने पदाधिकारीको देश र जनताप्रतिको जवाफदेहितामा संरचनागत सुधारको आवश्यकता रहेको उल्लेख गर्नुभयो । ‘कुल ग्राहस्थ उत्पादनमा ६ प्रतिशतको बृद्धिको लक्ष्य राखिए पनि त्यसका लागि आवश्यक स्रोत परिचालन अर्थात थप पुँजिगत लगानीको व्यवस्था चुनौतीपूर्ण देखिन्छ’ उहाँले भन्नुभयो, ‘देशको आर्थिक विकास गर्ने भनेर सरकारले नै कूल पुँजिगत खर्च ३ सय ५२ अर्वको प्रक्षेपण गरेको छ ।’

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter